उर्लाबारी अपडेट: जुवाखालमा मेयर खरेलको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ कार्तिक । मोरङको उर्लाबारीमा दशकौं देखि जुवाडेहरुको अखडा बनेको समाचारमा आफ्नो कुनै संलग्नता नरहेको मेयर गंगा प्रसाद खरेलले स्पष्ट पारेका छन् । उनले उर्लाबारीका एक ढेकेदार बषौंदेखि जुवा खेलाउने भन्ने सुनेता पनि आफ्नो उनीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन् ।
मेयर खरेलले आफूले पनि बेला बेला सुन्ने गरेको प्रशासनसँग माथिसम्मै सेटिङमा हुने गरेको भनेता पनि तथ्य प्रमाणहरु नभेटिएको बताए । उर्लाबारी लगायतका स्थानहरुमा लुकिछिपी खेलाइने गरेको अपुष्ट खबरहरु पाइएता पनि त्यसबारे प्रशासनलाई जानकारी गराउँदा प्रशासन बेखबर रहेको उनको भनाई छ । तिहारको भाइटिकाको दिन गाईगुई यस बारे सुनेको तर पुष्टि भने हुन नसकेको मेयर खरेलले बताए ।
विगतमा चारकोसे झाडीमा मिनी बसमै जुवा खेलाउँदै गर्दा पक्राउ परेको मेयर खरेलले बताए । गाडी नै जुवा घर बनाइएको पनि सुन्नमा आएको मेयरले जनाएका छन् ।
मेयर खरेलका अनुसार ति जुवा खेलका नायके भनिएका अर्जुन तुम्रोक हाल ठेक्कापट्टा व्यवसायमा क्रियासिल रहेको र उर्लाबारी लोकमार्ग उत्तर वडा नं. ३ र २ जोड्ने बाटो करिब ४४ करोडको सडक निर्माण ठेक्का त्यसैगरी उर्लाबारी नगरको बर्षमा छिटपुट ठेक्का लिने गरेका हुँदा हाल विगत जस्तो जुवा खेलमा संलग्न नहुनु पर्ने पनि बताए । हाल ठेक्कापट्टामा सक्रिय लिम्बुले समेत यस कार्यबाट आफू टाढा रहेको बताउने गरेको तर विश्वासनियतामा भने शंका रहेको मेयरको भनाइ रहेको छ ।
जुवा बारे थप बुझ्न उर्लाबारी २ का वडाध्यक्ष कुमार कडेलसँग प्रयास भएतापनि उनको मोवाइल सम्पर्क हुन सकेन ।
नेपाली कांग्रेसका प्रदेश स्तरका नेता समेत रहेका लिम्बु निरन्तर यो कार्यमा रहेको उर्लाबारी मंगलबारेका स्थानीय जानकारहरु बताउँछन् । प्रहरी प्रशासनको माथिसम्मै सेटि गर्न सक्षम लिम्बुले यस दशै तिहारमा मात्रै करोडौंको जुवा खेल संचालन गरेको बताउँछन् । जुवाको लतबाट सयौं घरबार विहीन भएको र सयौंले पारिवारिक समस्या झेलिरहेको हुँदा यसको अन्त्य हुनु पर्ने बताउँछन् ।
जिउँसो भर आराम गर्ने र साँझ पर्न थालेपछि विहान चार बजेसम्म खेल्ने जेवामा कतिले बोराका बोरा पैसा लान्छन् त कतिले बोराका बोरा पैसा हारेर घर न घाटको भइरहेको स्थानीय एक जना आफ्नो नाम नखुलाउने सर्तमा लिम्बुवान खबरडटकलाई बताउँछन् ।
स्रोतका अनुसार हार्नेहरुलाई मिटरब्याजमा समेत नाइके लिम्बुले पैसा दिने र गुण्डाहरुको आडमा चलअचल सम्पत्तिबाट ऋण असुलउपर गर्न समेत माहिर रहेको बताइन्छ । उनको विरुद्ध जाने कसैसँग आट नभएको गई हाले त्यहाँ जे पनि हुन सक्ने समेत स्रोतको दावी छ ।
केही समय अघि जुवा अखडाका नाइके लिम्बुको जुवा अखडामा प्रहरीद्वारा छापा मार्दा उक्त खालबाट २ जना युवा सन्त लिम्बू र प्रतीक पाण्डे पक्राउ परेका थिए । तर, उक्त दिन सेटिङमा सबै जुवाडेलाई लुकाइएको स्रोतको भनाई छ
जिल्ला प्रहरीकै विशेष टोलीले छापामार्दा दर्जनौ पक्राउ पर्नु पर्ने तर २ जना मात्र पक्राउ पुर्न रहस्यमय भएको स्थानीय बताउँछन् । खेलिरहेका जुवाडेहरुलाई पक्रनुको साटो सुरक्षागार्डलाई मात्र पक्राउ गर्नुमा पनि उनकै हात रहेको स्रोतको दावी छ ।
स्रोतका अनुसार उर्लावारी २ देविझोडा अबस्थित उनकै कन्ट्रक्सन भित्रै खेलाउने गरेको नाम नखुलाउने सर्तमा प्रत्यक्षदर्शीको भनाई छ । यस बारे बुझ्न खोज्दा वडाध्यक्षको फोन उठेको छैन । स्रोतको अनुसार स्थानीय जनप्रतिनिधिहरु लिम्बुको कृयाकलापमा मुकदर्शक बनेका छन् ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...