उर्लाबारी अपडेट: जुवाखालमा मेयर खरेलको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ कार्तिक । मोरङको उर्लाबारीमा दशकौं देखि जुवाडेहरुको अखडा बनेको समाचारमा आफ्नो कुनै संलग्नता नरहेको मेयर गंगा प्रसाद खरेलले स्पष्ट पारेका छन् । उनले उर्लाबारीका एक ढेकेदार बषौंदेखि जुवा खेलाउने भन्ने सुनेता पनि आफ्नो उनीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन् ।
मेयर खरेलले आफूले पनि बेला बेला सुन्ने गरेको प्रशासनसँग माथिसम्मै सेटिङमा हुने गरेको भनेता पनि तथ्य प्रमाणहरु नभेटिएको बताए । उर्लाबारी लगायतका स्थानहरुमा लुकिछिपी खेलाइने गरेको अपुष्ट खबरहरु पाइएता पनि त्यसबारे प्रशासनलाई जानकारी गराउँदा प्रशासन बेखबर रहेको उनको भनाई छ । तिहारको भाइटिकाको दिन गाईगुई यस बारे सुनेको तर पुष्टि भने हुन नसकेको मेयर खरेलले बताए ।
विगतमा चारकोसे झाडीमा मिनी बसमै जुवा खेलाउँदै गर्दा पक्राउ परेको मेयर खरेलले बताए । गाडी नै जुवा घर बनाइएको पनि सुन्नमा आएको मेयरले जनाएका छन् ।
मेयर खरेलका अनुसार ति जुवा खेलका नायके भनिएका अर्जुन तुम्रोक हाल ठेक्कापट्टा व्यवसायमा क्रियासिल रहेको र उर्लाबारी लोकमार्ग उत्तर वडा नं. ३ र २ जोड्ने बाटो करिब ४४ करोडको सडक निर्माण ठेक्का त्यसैगरी उर्लाबारी नगरको बर्षमा छिटपुट ठेक्का लिने गरेका हुँदा हाल विगत जस्तो जुवा खेलमा संलग्न नहुनु पर्ने पनि बताए । हाल ठेक्कापट्टामा सक्रिय लिम्बुले समेत यस कार्यबाट आफू टाढा रहेको बताउने गरेको तर विश्वासनियतामा भने शंका रहेको मेयरको भनाइ रहेको छ ।
जुवा बारे थप बुझ्न उर्लाबारी २ का वडाध्यक्ष कुमार कडेलसँग प्रयास भएतापनि उनको मोवाइल सम्पर्क हुन सकेन ।
नेपाली कांग्रेसका प्रदेश स्तरका नेता समेत रहेका लिम्बु निरन्तर यो कार्यमा रहेको उर्लाबारी मंगलबारेका स्थानीय जानकारहरु बताउँछन् । प्रहरी प्रशासनको माथिसम्मै सेटि गर्न सक्षम लिम्बुले यस दशै तिहारमा मात्रै करोडौंको जुवा खेल संचालन गरेको बताउँछन् । जुवाको लतबाट सयौं घरबार विहीन भएको र सयौंले पारिवारिक समस्या झेलिरहेको हुँदा यसको अन्त्य हुनु पर्ने बताउँछन् ।
जिउँसो भर आराम गर्ने र साँझ पर्न थालेपछि विहान चार बजेसम्म खेल्ने जेवामा कतिले बोराका बोरा पैसा लान्छन् त कतिले बोराका बोरा पैसा हारेर घर न घाटको भइरहेको स्थानीय एक जना आफ्नो नाम नखुलाउने सर्तमा लिम्बुवान खबरडटकलाई बताउँछन् ।
स्रोतका अनुसार हार्नेहरुलाई मिटरब्याजमा समेत नाइके लिम्बुले पैसा दिने र गुण्डाहरुको आडमा चलअचल सम्पत्तिबाट ऋण असुलउपर गर्न समेत माहिर रहेको बताइन्छ । उनको विरुद्ध जाने कसैसँग आट नभएको गई हाले त्यहाँ जे पनि हुन सक्ने समेत स्रोतको दावी छ ।
केही समय अघि जुवा अखडाका नाइके लिम्बुको जुवा अखडामा प्रहरीद्वारा छापा मार्दा उक्त खालबाट २ जना युवा सन्त लिम्बू र प्रतीक पाण्डे पक्राउ परेका थिए । तर, उक्त दिन सेटिङमा सबै जुवाडेलाई लुकाइएको स्रोतको भनाई छ
जिल्ला प्रहरीकै विशेष टोलीले छापामार्दा दर्जनौ पक्राउ पर्नु पर्ने तर २ जना मात्र पक्राउ पुर्न रहस्यमय भएको स्थानीय बताउँछन् । खेलिरहेका जुवाडेहरुलाई पक्रनुको साटो सुरक्षागार्डलाई मात्र पक्राउ गर्नुमा पनि उनकै हात रहेको स्रोतको दावी छ ।
स्रोतका अनुसार उर्लावारी २ देविझोडा अबस्थित उनकै कन्ट्रक्सन भित्रै खेलाउने गरेको नाम नखुलाउने सर्तमा प्रत्यक्षदर्शीको भनाई छ । यस बारे बुझ्न खोज्दा वडाध्यक्षको फोन उठेको छैन । स्रोतको अनुसार स्थानीय जनप्रतिनिधिहरु लिम्बुको कृयाकलापमा मुकदर्शक बनेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...