मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास कार्यक्रममा झडप

,   लिम्बुवान न्युज
                       


दमक, २४ कार्तिक । ताप्लेजुङ जिल्लाको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा दिउँसो दुई पक्षवित्र झडप भएको छ ।
शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङको तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रममा केवलकार निर्माण पक्ष र निर्माणको खारेजी पक्ष विच झडप भएको हो ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन सुरक्षा सहित तल्लोफेदी पुगेका थिए । शिलान्यास कार्यक्रम सुरु हुनसाथ मुक्कुमलुङमा केवलकार निर्माणको बिरोध गर्दै आएका संघर्षरत पक्ष र केवलकार बनाउने पक्षबीच हात हालाहाल भएको थियो । दुई पक्षबीच झडप हुँदा स्थिति तनाबग्रष्त बनेको थियो ।
झडपको क्रममा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ । आन्दोलनरत दुई जना, शसस्त्र प्रहरी दुई जना र निर्माण पक्षका दुईजना घाइते भएका छन् । आन्दोलनरत पक्षका चन्द्र मादेन, अर्जुन लिम्बुमाथि निर्माण पक्षका युवाहरुले धारिलो हतियार खुकुरी प्रयोग गरि काटेको संघर्ष समितिका तर्फका किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले वताइन । अन्य थप क्षतिको विवरण आउन बाँकी रहेको वताउँदै महासचिव तुम्बापोले आस्थाको धरोहर, पवित्र मुन्धुमीस्थलमाथि दलबल प्रयोग गरी डोजर चलाउनु निन्दनीय भएको बताइन् । मुन्धुमी स्थललाई प्राकृतिक रुपमा राख्नुको सट्टा त्यहाँको प्राकृतिक सम्पदालाई नै समाप्त पार्ने नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरु नेता लगायत फुङलिङ नगरका मेयरको क्रियाकलाप पहिचान पक्षधरहरुको विरुद्ध रहेको भन्दै महासचिव तुम्बापोले उनीहरु याक्थुङ बंश गद्दार हुन् भनिन् ।

मुक्कुमलुङ दर्शनका लागि थप सहजता हुने भन्दै केवलकार निर्माणको काम बढिरहेको छ भने मुक्कुमलुङ संरक्षण समिति सहितका विभिन्न संघ–संस्थाले मुन्धुमीस्थल एवंम् दैवी शक्तिले बास गरेको स्थानमा केवलकार बनाउन नहुने भन्दै बिरोध जनाउदै आएका छन् । केवलकार निर्माणले त्यहाँ डेटिङ स्पोट बन्ने, स्थानीय सम्पदाहरु र स्थानीय सांस्कृतिक महत्वहरु र त्यहाँका जनताहरुको रोजीरोटी समेत समाप्त हुने । एक व्यक्तिलाई मात्र पोसाउने र व्यवसायिक सिन्डीकेट लगाई व्यवसायीहरुलाई उठिबास लगाउने स्थानीय आन्दोलनरत पक्षहरुको भनाई रहेको छ ।
यसैक्रममा त्यस क्षेत्रमा भईरहेको आन्दोलनलाई यथासक्दो सम्बोधन गर्दै तूरुन्त मुन्धुमी स्थलमा बन्ने केवलकार निर्माणलाई रोक्न राज्यसँग माग गर्दै विभिन्न संघ संस्था तथा राजनैतिक दलहरुले विज्ञप्ति जारी गरेका छन् ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ संघीय समिति, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं. १, पहिचानवादी मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, आमुल परिवर्तन नागरिक पार्टी लगायत संगठनहरुले विज्ञप्ति जारी गर्दै झडपको निन्दा गरेका छन् ।

तल हेर्नुहाेस् विज्ञप्तिहरू

 

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;