१४०औं महागुरु फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरि मनाइदैः प्रदेश १ सरकारले दियो विदा

,   लिम्बुवान न्युज
                       

 

दमक, २५ कार्तिक । किरातीहरुका आस्थाको धरोहर महागुरु फल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइन्दैछ । किरात धर्मवलम्बीहरुले विभिन्न माङहिम÷खिमहरुमा, विभिन्न स्थानहरुमा निर्मित शालित तथा प्रवासहरुमा पनि आज १४०औं जयन्ती मनाउदैछन् ।

मुक्कुलुङ, सिलौटी, लब्रेकुटी, माङसेबुङ, माबु, चुलाचुली हात्तिलेदा, सुनसरीका विभिन्न माङहिमहरु, झापाका विभिन्न माङहिमहरु, मोरङका विभिन्न माङहिमहरु, धनकुटा, तेह्रथुम, संखुवासभा लगायत विभिन्न स्थानहरु र अमेरिका, अष्टे«लिया, बेलायत, भारतमा विभिन्न प्रान्तहरुमा छरिएका किरातीहरु, भूटान, म्यानमार, त्यसैगरी अन्य राष्ट्रहरुमा समेत महागुरुको जन्मजयन्ती मनाईदैछ ।

किरातीहरु कुरिती कुसंस्कार, मदिरा मंस तथा सोत रितमा लिप्त भएर सत कर्ममा लाग्ने अवस्था नभएको समयमा महागुरुको उदयसँगै अहिसाको बाटो लाग्न विभिन्न स्थानहरुमा पुगेर किरातीहरुमा चेतनामूलक कार्यगर्नु भएको थियो । मुन्धुमलाई लिखित रुपमा उतार गरी चेतना निर्माणमा किरातीहरुलाई अघि बढाउनु भएको थियो ।

शान्तिवादी, प्रकृतिपुजक, मातृभाषाको जगेर्ना, मानवता र समानताको हिसावलाई माहिला पुरुष एउटै हुन् भन्ने उनको विचार थियो । उनले वि.सं. १९८८ मा लोब्रेकुटीमा दश लिम्बुवान सत्रथुमका तुम्याहाङहरुलाई बोलाई विशाल कार्यक्रम गरि सत्यधर्म मुचुल्का लेखाउनु भएको थियो । सो मुचुल्का विश्वमा चर्चित छ । उनको महान कार्यलाई आत्मासाथ गर्दै २०६४ को पहिलो संविधानसभा चुनाव पछि २०६६ साल मंसिर १२ गते संविधानसभाले १६औं राष्ट्रिय विभूति घोषणा गरेको छ ।

प्रदेश नं. १ सरकारले कार्तिक २५ गते प्रदेशस्तरमा विदा दिएको छ । आज प्रदेश १ को सबै सरकारी कार्यालय, क्याम्प्स, विद्यायलय लगायत संस्थानहरु बन्द रहने जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;