१४०औं महागुरु फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरि मनाइदैः प्रदेश १ सरकारले दियो विदा

 लिम्बुवान न्युज
                       

 

दमक, २५ कार्तिक । किरातीहरुका आस्थाको धरोहर महागुरु फल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइन्दैछ । किरात धर्मवलम्बीहरुले विभिन्न माङहिम÷खिमहरुमा, विभिन्न स्थानहरुमा निर्मित शालित तथा प्रवासहरुमा पनि आज १४०औं जयन्ती मनाउदैछन् ।

मुक्कुलुङ, सिलौटी, लब्रेकुटी, माङसेबुङ, माबु, चुलाचुली हात्तिलेदा, सुनसरीका विभिन्न माङहिमहरु, झापाका विभिन्न माङहिमहरु, मोरङका विभिन्न माङहिमहरु, धनकुटा, तेह्रथुम, संखुवासभा लगायत विभिन्न स्थानहरु र अमेरिका, अष्टे«लिया, बेलायत, भारतमा विभिन्न प्रान्तहरुमा छरिएका किरातीहरु, भूटान, म्यानमार, त्यसैगरी अन्य राष्ट्रहरुमा समेत महागुरुको जन्मजयन्ती मनाईदैछ ।

किरातीहरु कुरिती कुसंस्कार, मदिरा मंस तथा सोत रितमा लिप्त भएर सत कर्ममा लाग्ने अवस्था नभएको समयमा महागुरुको उदयसँगै अहिसाको बाटो लाग्न विभिन्न स्थानहरुमा पुगेर किरातीहरुमा चेतनामूलक कार्यगर्नु भएको थियो । मुन्धुमलाई लिखित रुपमा उतार गरी चेतना निर्माणमा किरातीहरुलाई अघि बढाउनु भएको थियो ।

शान्तिवादी, प्रकृतिपुजक, मातृभाषाको जगेर्ना, मानवता र समानताको हिसावलाई माहिला पुरुष एउटै हुन् भन्ने उनको विचार थियो । उनले वि.सं. १९८८ मा लोब्रेकुटीमा दश लिम्बुवान सत्रथुमका तुम्याहाङहरुलाई बोलाई विशाल कार्यक्रम गरि सत्यधर्म मुचुल्का लेखाउनु भएको थियो । सो मुचुल्का विश्वमा चर्चित छ । उनको महान कार्यलाई आत्मासाथ गर्दै २०६४ को पहिलो संविधानसभा चुनाव पछि २०६६ साल मंसिर १२ गते संविधानसभाले १६औं राष्ट्रिय विभूति घोषणा गरेको छ ।

प्रदेश नं. १ सरकारले कार्तिक २५ गते प्रदेशस्तरमा विदा दिएको छ । आज प्रदेश १ को सबै सरकारी कार्यालय, क्याम्प्स, विद्यायलय लगायत संस्थानहरु बन्द रहने जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...