नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा टुङ्ग्यो उम्मेदवार

,   लिम्बुवान न्युज
                       

दमक, ३० कार्तिक । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । प्रदेश नं. १ को आठ स्थानमा मध्ये पाँच स्थानमा टुङ्गो लगाएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका वार्ड–८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका–३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षका लागि सिताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका–८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको पार्टीले जनाएको छ । साथै अन्य स्थानका लागि उम्मेदवारको सिफारिस प्रक्रियामा रहेको पार्टीले जनाएको छ ।

यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड–१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । यस्तै रौतहटको इशनाथ नगरपालिका–७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड–६मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसैगरी रौतहटकै गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ ।

यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड–४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका–५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ ।

नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका–६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको महासचित तथा मनानीय गंगा चौधरीले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;