देवेन्द्र चेम्जोङ् कियाचू दमकको एघारौं अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित

,   लिम्बुवान न्युज
                       

दमक, ९ मंसिर । किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाको एघारौं नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । शुक्रबार दमक ७स्थित किरात भनवको सभाहलमा सम्पन्न अधिवेशनले देवेन्द्र चेम्जोङ्लाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

शुक्रबार र शनिबार दुईदिन सम्पन्न नगर अधिवेशनबाट चेम्जोङको नेतृत्वमा १४सदस्यीय समितिमा उपाध्यक्षमा गंगा लेक्वा निङलेखु, सचिवमा चन्द्र बहादुर कन्दङ्वा, सहसचिवमा आकाश लावती, कोषाध्यषमा इन्द्र बहादुर सम्बाहाम्फे निर्वाचित निर्वाचित भएका हुन् ।
यसरी नै सदस्यहरूमा बिक्रम सुब्बा थाम्देन, देउमान साम्रा लिम्बु, राजेन्द्र कुमार लिम्बु, टंक माङलाक, मनकुमारी बेघा, सरिता आङबुहाङ, रतनहाङ फियाक, लिला चेम्जोङ र नुमा साउदेन लिम्बु चयन भएका छन् ।

११औं नगर अधिवेशनबाट नव निर्वाचित नगर कार्य समितिलाई निर्वाचन समितिका संयोजक, कियाचु झापाका अध्यक्छय सोसेहाङ फियाकले पदीय जिम्मेवारीको सपथ ग्रहण (माङहुप) गराएका थिए भने कियाचु सङघीय सदस्य चन्द्रकला सुब्बा, बिक्रम सुब्बा थाम्देन लगायतका महानुभावहरूले बधाई शुभकामना मन्तव्य रहेका थिए ।

कियाचूका संघीय अध्यक्ष तुत्तु प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सम्पन्न एघारौं नगर अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङ र कोषाध्यक्ष इन्द्र बहादुर सम्बाहाङफेले सांगठनिक, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, इक्सा सम्बाहाङफे, राष्ट्रिय चुम्लुङ सदस्यद्वय चन्द्र कुमार इङवारम, नरेन हाङ लिम्बु, पुर्व चुम्लुङ सदस्य गुमानसिं सम्बाहाङफे, प्रदेश सचिव साङसेन पन्धाक, सदस्य कविन्द्र सेर्मा, बिक्रम वनेम, सन्देश निङलेकु,जिल्ला उपाध्यक्छय दिव्यकला थेबे नाल्वो, कोषाध्यक्छय तारा लिम्बु, सदस्य मणिकुमार लिम्बु, बन्दना नेम्बाङ, भुपेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो । यसरी नै जिल्ला अध्यक्ष सेसेहाङ फियाक, नेपाल जनजाति महासंघ दमक नगर समन्वय समितिका अध्यक्ष अमर कुमाल, किरात राई यायोख्खा दमक अध्यक्ष बाशुदेव राई, युवा समाजसेवी बिक्रम सुब्बा थाम्देन लगायतका महानुभावहरूले नगर अधिवेशनको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा चुम्लुङप्रति विशेष योगदान पुर्याउनुहुने गुमानसिं सम्बाहाङफे, तिलकुमार सेर्मालाई र ८० वर्षमाथिका हस्तबहादुर बेघा, याम बहादुर बेघा, फूलकुमारी लिङ्देन, हर्क बहादुर कन्दङवा र नरमाया कुरूम्भङलाई प्रमुख अतिथि तुत्तु येक्तेनले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नगर अध्यक्ष चेम्जोङको सभापतित्व्मा सम्पन्न अधिवेशनमा नगर उपाध्यक्ष ओममाया आङदेम्बेले स्वागत मन्तव्य राखेका थिए भने नगर सचिव सुखबहादुर सदेम्बा र सह–सचिव चन्द्र कन्दङवाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;