लाफयङ गुरु देवबहादुर तुम्बापोको ८१औं जन्मजयन्ती भव्य रुपले मनाइयो

 लिम्बुवान न्युज
                       


दमक, ११ मंसिर । इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु स्व. देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ति भव्य रुपले मनाइएको छ ।

उक्त कार्यक्रममा फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको ९औं वार्षिकोत्सव र माङगेना हिमको वार्षिकोत्सव समेत मनाइएको थियो ।
कार्यक्रममा इलाम क्षेत्र नं. २ का संघीय सांसद् सुहाङ नेम्वाङको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय कलाकार रचना रिमाल, एसईई सिङगीङ आइडलका बिजेता कुसुम माझी र एसईई डान्सिङ आइडलकी विजेता डिना चोङवाङले समेत गीत र नृत्य पस्किएका थिए ।
लगायत कलाकारहरुको समेत बेजोड प्रस्तुत समेत रहेको थियो ।
कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष ज्ञानोदय लावती, त्रिविका एशोसियट प्रोफेसर युएन कलेजका निर्देशक ज्ञानेश्वर झा, चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) लगायतको उपस्थिति रहेको थियो ।

फल्गुनन्द नोमाङ्गेना सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए । ‘हामीसँग पर्याप्त आर्थिक स्रोत छैन, बहुभाषिक पाठशाला जसोतसो चलिरहेको छ, जस्तोसुकै परिस्थिति आएपनि ०६९ सालदेखि नियमित नछुटाइ कार्यक्रम गर्दै आएका छौं भव्यताका साथ सम्पन्न भएकोमा खुशी छौं’, उनले भने ।
संघले हरेक बर्ष मङ्सिर १० गते गुरु लाफायङको जन्मजयन्ति साथै विविध कार्यक्रम गर्दै आएको छ । ‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावतीले जोसुकै प्रमुख अतिथि बनेर आएपनि बहुभाषिक पाठशालाको विकासका लागि उपेक्षा गरिएको गुनासो गरे । उनले अहिले पनि बहुभाषिक पाठशाला उपेक्षाको शिकार बनिरहेको बताए । उनले सुहाङलक्षित जोडदार माग गर्दै यस्ता कुरा सदनमा उठाउनुपर्ने बताए । ‘हामीले सधैं ढोल–झ्याप्टामात्रै बजाएर स्वागत गरिरहने तर उपलब्धिचाहिँ शुन्य नै भइरहने ।’ उनले भने । पूर्व राष्ट्रपति, सभामुखदेखि धेरै नेता आएर बहुभाषिक पाठशालाबारे बुझेपनि समस्या ज्युँका त्युँ रहेको गुनासो पोखेपछि उनले स्थानीयको सल्लाह, सुझावलाई गहनरुपमा लिएको समेत बताए । ‘तर चुलाचुली गाउँपालिकाका लागि यसपटक बजेट परेको र नियालेर हेरिदिन आग्रह समेत गर्दछु ।’ उनले भने ।
यस वर्ष पनि एसईई र भाषामा चुलाचुली प्रथम र सिर्जनशील पत्रकारिता पुरस्कार, कला, साहित्य संगीतको विधामा नगदसहित पुरस्कृत गरिएको थियो । चुलाचुली गाउँपालिकामा सामुदायिक विद्यालयतर्फ एसईई उत्कृष्ट विद्यार्थी रविना पोख्रेल, किरात लिपी भाषामा उत्कृष्ट विद्यार्थी पेनिसा चेम्जोङ, पत्रकार तथा रंगमञ्च कलाकार मनकुमार योङहाङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सेवासावा नरबहादुर केरुङ र मनवीर फियाकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विविध जातीय संघसंस्थाहरूकाे सांस्कृतिक नृत्य, माङलाङकेलाङ समेत भएकाे थियाे । (तस्वीरः फक्ताङलुङखबरबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...