लाफयङ गुरु देवबहादुर तुम्बापोको ८१औं जन्मजयन्ती भव्य रुपले मनाइयो

,   लिम्बुवान न्युज
                       


दमक, ११ मंसिर । इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु स्व. देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ति भव्य रुपले मनाइएको छ ।

उक्त कार्यक्रममा फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको ९औं वार्षिकोत्सव र माङगेना हिमको वार्षिकोत्सव समेत मनाइएको थियो ।
कार्यक्रममा इलाम क्षेत्र नं. २ का संघीय सांसद् सुहाङ नेम्वाङको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय कलाकार रचना रिमाल, एसईई सिङगीङ आइडलका बिजेता कुसुम माझी र एसईई डान्सिङ आइडलकी विजेता डिना चोङवाङले समेत गीत र नृत्य पस्किएका थिए ।
लगायत कलाकारहरुको समेत बेजोड प्रस्तुत समेत रहेको थियो ।
कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष ज्ञानोदय लावती, त्रिविका एशोसियट प्रोफेसर युएन कलेजका निर्देशक ज्ञानेश्वर झा, चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) लगायतको उपस्थिति रहेको थियो ।

फल्गुनन्द नोमाङ्गेना सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए । ‘हामीसँग पर्याप्त आर्थिक स्रोत छैन, बहुभाषिक पाठशाला जसोतसो चलिरहेको छ, जस्तोसुकै परिस्थिति आएपनि ०६९ सालदेखि नियमित नछुटाइ कार्यक्रम गर्दै आएका छौं भव्यताका साथ सम्पन्न भएकोमा खुशी छौं’, उनले भने ।
संघले हरेक बर्ष मङ्सिर १० गते गुरु लाफायङको जन्मजयन्ति साथै विविध कार्यक्रम गर्दै आएको छ । ‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावतीले जोसुकै प्रमुख अतिथि बनेर आएपनि बहुभाषिक पाठशालाको विकासका लागि उपेक्षा गरिएको गुनासो गरे । उनले अहिले पनि बहुभाषिक पाठशाला उपेक्षाको शिकार बनिरहेको बताए । उनले सुहाङलक्षित जोडदार माग गर्दै यस्ता कुरा सदनमा उठाउनुपर्ने बताए । ‘हामीले सधैं ढोल–झ्याप्टामात्रै बजाएर स्वागत गरिरहने तर उपलब्धिचाहिँ शुन्य नै भइरहने ।’ उनले भने । पूर्व राष्ट्रपति, सभामुखदेखि धेरै नेता आएर बहुभाषिक पाठशालाबारे बुझेपनि समस्या ज्युँका त्युँ रहेको गुनासो पोखेपछि उनले स्थानीयको सल्लाह, सुझावलाई गहनरुपमा लिएको समेत बताए । ‘तर चुलाचुली गाउँपालिकाका लागि यसपटक बजेट परेको र नियालेर हेरिदिन आग्रह समेत गर्दछु ।’ उनले भने ।
यस वर्ष पनि एसईई र भाषामा चुलाचुली प्रथम र सिर्जनशील पत्रकारिता पुरस्कार, कला, साहित्य संगीतको विधामा नगदसहित पुरस्कृत गरिएको थियो । चुलाचुली गाउँपालिकामा सामुदायिक विद्यालयतर्फ एसईई उत्कृष्ट विद्यार्थी रविना पोख्रेल, किरात लिपी भाषामा उत्कृष्ट विद्यार्थी पेनिसा चेम्जोङ, पत्रकार तथा रंगमञ्च कलाकार मनकुमार योङहाङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सेवासावा नरबहादुर केरुङ र मनवीर फियाकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विविध जातीय संघसंस्थाहरूकाे सांस्कृतिक नृत्य, माङलाङकेलाङ समेत भएकाे थियाे । (तस्वीरः फक्ताङलुङखबरबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;