लिम्बु कथामा आधारिक चलचित्र “सुगुप”लाई राष्ट्रिय चलचित्र पुरस्कार सहित दुई लाख नगदले सम्मान

 लिम्बुवान न्युज
                       


ललितपुर, १२ मंसिर । लिम्बु कथामा आधारित चलचित्र “सुगुप” विशेष चलचित्र पुरस्कार २०६० (२०२४) ले सम्मानित भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हस्तवाहुलीबाट नगद दुई लाख रुपैयाँ, सम्मानपत्र सहित पुरस्कृत भएको हो ।

चलचित्र विकास बोर्डको आयोजनामा आयोजित कार्यक्रमका चलचित्रका निर्देशक लोकेन साँबाले सम्माननीय राष्ट्रपतिज्यूको हस्तवाहुलीबाट सो सम्मान लिएको लिम्बुवान खबरलाई बताएका छन् । यो अवार्डले सम्मानित हुन पाउँदा आफूमा थप जिम्मेवारी बढेको र आगामी दिनहरुमा थप सिर्जनात्मक कार्य गर्न हौसला मिलेको निर्देशक लिम्बुले बताए । उनले नेपाली चलचित्र निर्माणमा थप प्रोत्साहन समेत मिलेको महसुस भएको बताए ।

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा विकास बोर्डले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विधाका विजेताहरुलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङकाे विशेष उपस्थिति रहेकाे थियाे ।

चौथो आदिवासी जनजाती चलचित्र महोत्सव २०८१ मा सर्बाधिक दर्सकको रोजाइमा परि पब्लिक च्वाइस अवार्ड सहित चार बिधामा अवार्ड हात पारेको थियो । उक्त कार्यक्रममा यो चलचित्रले ३५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । यसैगरी चलचित्र सुगुपले दोस्रो इन्टर नेसनल इन्डिजिजियस म्युजिक एण्ड चलचित्र अवार्डमा उत्कृष्ट निर्देशक लोकेन साबा लिम्बू, उत्कृष्ट नायिका बबिता नेयोहाङले जितेका थिए ।

यसरीनै छैटौं संस्करणको को FLF अवार्ड २०८१को उत्कृष्ट चलचित्र “सुगुप”ले हात पारेको थियो भने उत्कृष्ट अभिनय प्रस्तुती नायिका बबिता नेयोहाङले जितेकि छन् ।

लिम्बू याक्थुङ जातिमा प्रस्ब पिडामा अर्थात सुत्केरी ब्याथाको कारण ज्युदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रस्तुती ब्याथा कै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप भन्ने प्रचलन रहेको छ ।

लिम्बु समुदायमा सापोक चोमेन (गर्भ पुजा ) गर्दा या नगर्दाको पीडा र परिवारमा वेमेल हँुदा आउने समस्यालाई र सुगुप भएर मृत्यु बरण गरेकी महिलालाई संस्कारलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र “सुगुप” हाल गरि देश बिदेशमा ६४ स्थानहरुमा प्रदर्शन भै सकेको निर्देशक साँबाले बताए ।

चलचित्रका मुख्य निर्माता एव्म प्रस्तुतकर्ता रबिन कुमार नाल्बोले दर्शकको रोजाईमा रहेको चलचित्र सुगुप धेरै स्थानहरुमा प्रर्दशनको माग आए पछि सुगुप चलचित्रलाई नेपाली भाषामा स्वराङ्कन गरि नेपाली भाषामा पनि दर्सक महानुभाब सामु पुर्याउने योजना रहेको बताए ।

निर्देशक साँबाले यसअवार्डको हक्कादार बन्न पाएकोमा सुगुप चलचित्र निर्माण परिवार, मुख्य निर्माता एवम् प्रस्तुत कर्ता/निर्माताहरु सम्पूर्ण नायक नायिका कलाकार, कलररिस्ट मेकपमेन, ड्रेस डिजाइनर, प्रोड्क्सन मेनेजर, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, गायक गायिका, गीतकार, पट कथाकार छायाँकार, सम्पादन, पाश्य संगीतकार तथा प्राबिधिकहरु, सल्लाहकारहरु, छायाँङकन स्थलका सबै महानुभाबहरु र मिडिया पाटर्नर सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...