भुपेन्द्र तुम्बाहाम्फे मुन्चइत प्रदेश १ अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       


दमक, १५ मंसिर । याक्थुङ मुन्चइत चोक सयङ् प्रदेश नं. १ ’लिम्बुवान किरात’ को प्रथम अधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित गोर्खाडिपार्टमेन्ट स्टोरको सहभालमा शनिबार आयोजित कार्यक्रमले भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा कार्य समिति बनेको हो ।

प्रदेश नं. १ का माननीय विद्या चाम्लिङ् राईको प्रमुख आतिथ्यता र संघीय अध्यक्ष सागर केरुङको विशेष आतिथ्यतामा आयोजित सयङको प्रदेश प्रदेश अधिवेशनबाट समितिको उपाध्यक्षमा दिलु सुब्बा, कुशल थलङ र बविन सुब्बा आङ्देम्बे चयन भएका छन् । यसरी नै मुख्यसचिवमा नुनाम केरुङ, सचिवहरुमा मिना नेम्बाङ, सुरज लिम्बु जवेगु, कर्मिला आङ्देम्बे र कोषाध्यक्षमा दुर्गा तुम्सा निर्वाचित भएका छन् ।

यसरी नै प्रदेश समितिको सदस्यहरुमा चन्द्र कुमारी तुम्सा, बुद्धराज फोम्बो, चन्द्र फुरुम्बो, चन्द्रकला साँवा, दिलिपकुमार योङहाङ, संगीता आङखेवा, रविकरण मादेन, प्रमिता फियाक, गीता नेम्बाङ, अप्सरा बोखिम, मिना कुमारी मादेम्बा, गंगा कन्दङ्वा, विक्रम येक्तेन, आकास लावती, हिमाल लिम्बु, मदन वनेम, डिबी लिम्बु, जीवन केदेम र सुनिता थक्सु निर्वाचित भएका छन् ।

यसरीनै सल्लाहकार समितिमा किशोर सम्बाहाम्फे, सानुबाबा सुब्बा, अप्सा सेर्मा, वनेम विक्रम फागो र हरिराज खिम्दीङ् रहेका छन् ।
कार्यक्रममा चर्चित नायक सानुबाबा सुब्बा, हरिराज खिम्दीङ्, राज काउँछा, बबिता फोम्बो लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मुख्य सचिव नोनाम केरुङले गरेका थिए ।

कार्यक्रममा निर्वाचन मञ्डलका सदस्य जितेन पन्धाक साङसेनले दमक घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्र तल हेर्नुहोस्

दमक घोषणापत्र
१, प्रदेश नं. १ मा ’लिम्बुवा किरात चलचित्र विकास बोर्ड’ स्थापना गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।
२, लिम्बुवान क्षेत्रका विभिन्न फिल्म हलहरुमा लिम्बु चलचित्र प्रदर्शनार्थ मनोरञ्जनको नाममा लिइने विभिन्न करहरु छुट गर्न नेपाल सरकार र स्थानीय सरकारसंग जोडदार माग गर्दछौं ।
३, प्रदेश नं. १ मा गैरकानुनीरुपमा चलचित्र निर्माण र प्रदर्शन भइरहेकोले उक्त चलचित्रकर्मीहरुलाई निश्चित दायरामा ल्याउन सरकारसंग माग गर्दछौं ।
४, प्रदेश नं. १ लाइ गोत्रीय नामांकरण गरेर ऐतिहासिक भूमिमाथि गरिएको नरसंहार बिरुद्ध भईरहेको ’कोशी खारेजी’ आन्दोलनलाइ थप शशक्त बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने ।
५, वर्तमान चलचित्र विकास बोर्डले आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा राजनैतिक नियुक्ति गर्न खोजेको प्रक्रियाको शशक्त बिरोध गर्दछौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघको समन्वयमा सबै जातिहरुको समानुपातिक प्रतिनिधित्व हुनेगरी आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति गठन गरियोस भन्ने जोडदार माग गर्दछौ । प्रवर्द्धन समितिमा राजनैतिक नियुक्ति गरे त्यस्ता समितिहरुको शशक्त बहिस्कार गर्दछौं ।
६, लिम्बुवान क्षेत्रको मुक्कुम्लुङ, फक्ताङलुङ, सेसेलुङ, चम्जङलुङ लगायत विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवंम् याक्थुङ समुदायको शक्तिपिठहरुमा नवउपनिवेशवादीहरुद्वारा भइरहेको सांस्कृतिक नरसंहारबिरुद्ध शशक्त प्रतिकार गर्ने ।
७, याक्थुङ मुन्चइत अक्षयकोषलाइ सहयोग पुग्नेगरी वालिहाङ तङनाममा लालिङगेत्÷नाम्लिङगेत् अभियान संचालन गरि आर्थिक संकलन गर्ने । विभिन्न आदिवासी चलचित्रहरुको प्रदर्शन गर्ने ।
८, याक्थुङ मुन्चइत चोक सयङको स्थापना दिवस साउन ३० लाइ सभ्यभब्यरुपमा आयोजना गरि विविध कार्यक्रमहरु आयोजना गर्ने । लगायत रहेका छन् ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;