बारामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवेश

,   लिम्बुवान न्युज
                       

बारा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. २ मा बाराबाट प्रवेश गरेको उद्घोष गरेको छ ।
सोमबार मञ्चको १०+१ अन्तर्गतका संघीय तामाङ्सालिङ् मञ्च र संघीय दलित शिल्पी मञ्चले संयुक्त रुपमा बाराको जीतपुरसिमरामा आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बोल्दै बाराबाट मञ्च प्रवेश गरेको उद्घोष गरेका हुन् ।

कोरोना संक्रमणले थिलथिलिएको नेपालमा ठूलाबडाको राज्यले निःशुल्क उपचार गर्ने जनताहरुको भने उपचार गर्न नसकेर विदेशीलाई गुहार्ने सरकारको नियत माथि अध्यक्ष मिराकले सरकारको आलोचना गरेका छन् । जनताको दुई तिहाई भोट पाएको नेकपा सरकार प्रचण्डले ओलीलाई ओलीले प्रचण्डलाई आरोपप्रत्यारोप लगाउदै गर्दा देश ध्वस्त भईसक्यो । –उनले भने, लकडाउन यता प्रदेश नं. २ मा ८ जना भन्दा धेरै दलितहरुको हत्या भयो खोईत दलितको रक्षा गर्न सकेको मधेश सरकारले ? –अध्यक्ष लिङ्देनको प्रश्न थियो ।

हामीले राजतन्त्र देख्यौं, राणाशासन भोग्यौ, पञ्चायत, कांग्रेस, एमाले, माओवादी, मधेशको सरकार देख्यौ खोईत देशमा परिवर्तन भएको । अध्यक्ष लिङ्देनले मार्नेबेला राजालाई मार्ने अनि मृत युवराज दिपेन्द्रले नै राजा मारेपछि राजतन्त्रको अन्त्य भएको होइन र ? घुमाउरो तरिकाले अहिले देशव्यापी राजतन्त्रको नारा लगाउनेहरुलाई प्रश्न गरेका छन् । उनले थप भने –अबको राजा को हो त ?

अध्यक्ष मिराकले पहिचानको लडाई शान्तिपूर्ण हुन्छ, लोकतान्त्रिक र गणतान्त्रिक हुन्छ । यसको विकल्प भनेकै संघीय सह–अस्तित्ववाद हो त्यसैले सबै जातजातीहरुलाई संविधानमै मिलाएर लगेपछि अधिकार सुनिश्चित हुन्छ तब मात्र नेपालको एकता कायम हुने बताएका छन् ।

उक्त राजनैतिक भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई सयको हाराहारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । सो कार्यक्रममा मञ्चका अर्थसचिव विष्णु यक्सो, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्द, शेर्पा मञ्चका महासचिव दावा शेर्पा, तामाङ्सालिङ् मञ्च प्रदेश नं. २ संयोजक रुपेश तितुङ् लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

सोही भेटघाट कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १५ डाडाटोल गुम्बामा आयोजित उक्त कार्यक्रममा तामाङ्सालिङ् वडा कमिटि र दलित शिल्पी मञ्च वडा कमिटि गठन भएको छ । संघीय दलित शिल्पी मञ्च, वडा कमिटी अध्यक्ष कुल बहादुर बि.क.को अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा पदम बहादुर बिक, भग्लु माझी, सचिवमा गीता सुनार, सह–सचिवमा निसा बि.क., कोषाध्यक्षमा प्रमिला सुनार, सह–कोेषाध्यक्ष परनीया माझी, सदस्यहरुमा क्रमशः भगवती बिक, कान्ती देवी माझी, अघनीय माझी, बिमल बिक, मिन बहादुर परियार, तापा माझी, कलिता देवी माझी, कल्चरिया माझी, सुरज माझी, सिल्तु माझी, पल्टन माझी, रुप बिक, शिव घिमीरे र लिला बिक रहेका छन् ।


त्यस्तै विकास मोक्तानको अध्यक्षतामा २१ सदस्य तामाङ्सालिङ् वडा कमिटी समेत उक्त कार्यक्रममा गठन भएको छ । संगठित उक्त समितिको उपाध्यक्ष बुध बहादुर योन्जन, सचिव राजेश बल, सहसचिव चम्लीमाइ दोङ, कोषाध्यक्ष दुर्गामाया मोक्तान, सदस्यहरुमा क्रमशः कमल राज थिन, रबि बुलोन, सोम बहादुर मोक्तान, लाल बहादुर स्यान्दान, ज्ञान बहादुर घिसिङ, जीत बहादुर बल, जीत बहादुर जिम्बा, सेर बहादुर लोक्चन, जीत बहादुर गोले, काजीमान पाख्रिन, गोपिला वाइबा, सोनाम पाख्रिन, विशाल पाख्रिन, अनिता बल, जुनुमाया थिङ र रमिता जिम्बा रहेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;