दमकमा ६ वटा आधारभुत स्वास्थ्य भवन बन्ने

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा ६ वटा आधारभुत स्वास्थ्य चौकी बन्ने भएकाे छ ।  दमककाे वडा नं. ३, ५, ७ र अन्य तीन स्थानमा ति आधारभुत स्वास्थ्य चौकी बनाउने तयारी थालिएकाे हाे ।

साेमबार देशै भरी स्वास्थ्य चाैकीहरूकाे शिलान्यास भइरहँदा दमक ३ गोलाटारमा निर्माण गरिने आधारभुत स्वास्थ्य चौकी भवनको  शिलान्यास गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा सो भवनको शिलान्य गरे । सो भवन निर्माणका लागि दमक ३ निवासी तुलसी धिमालले ३ कठठा जग्गा निःशुल्क प्रदान गरेकाे वडाध्यक्ष नविन बरालले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख ओलीले संविधानमानै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको भएका कारण खोप तथा अन्य आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा ल्याइने नगर प्रमुख रोमनाथ ओलीले बताए ।


करिब ४ करोड ७५ लाख ८ हजार १२७ रुपैयाँको लागतमा त्यस किसिमका स्वास्थ्य भवन निर्माणका लागि माङसुवा प्रविन जेभीले गत जेठमा नै सम्झौता गरेको नगरपालिकाले जनाएको छ । सम्झौता अनुसार नगरका ६ स्थानमा चार कोठाको एक तले भवन २०७८ कार्तिक ५ गते भित्र सम्पन्न हुनेछन ।

वडाध्यक्ष बरालको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा समयमा नै निर्माण सम्पन्न गरेर सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरिएको छ । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य खडग बहादुर धिमालले स्वागत मन्तव्य राख्दै राखेका थिए ।

शिलान्यास कार्यक्रममा दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना, योजना अधिकृत जिवराज भट्टराई, लेखा अधिकृत देवी कोइराला, निर्माण व्यवसायी प्रकाश केसी सहित स्थानीय वडा सदस्यहरुकाे सहभागी थियाे ।

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...