दमकमा ६ वटा आधारभुत स्वास्थ्य भवन बन्ने

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा ६ वटा आधारभुत स्वास्थ्य चौकी बन्ने भएकाे छ ।  दमककाे वडा नं. ३, ५, ७ र अन्य तीन स्थानमा ति आधारभुत स्वास्थ्य चौकी बनाउने तयारी थालिएकाे हाे ।

साेमबार देशै भरी स्वास्थ्य चाैकीहरूकाे शिलान्यास भइरहँदा दमक ३ गोलाटारमा निर्माण गरिने आधारभुत स्वास्थ्य चौकी भवनको  शिलान्यास गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा सो भवनको शिलान्य गरे । सो भवन निर्माणका लागि दमक ३ निवासी तुलसी धिमालले ३ कठठा जग्गा निःशुल्क प्रदान गरेकाे वडाध्यक्ष नविन बरालले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख ओलीले संविधानमानै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको भएका कारण खोप तथा अन्य आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा ल्याइने नगर प्रमुख रोमनाथ ओलीले बताए ।


करिब ४ करोड ७५ लाख ८ हजार १२७ रुपैयाँको लागतमा त्यस किसिमका स्वास्थ्य भवन निर्माणका लागि माङसुवा प्रविन जेभीले गत जेठमा नै सम्झौता गरेको नगरपालिकाले जनाएको छ । सम्झौता अनुसार नगरका ६ स्थानमा चार कोठाको एक तले भवन २०७८ कार्तिक ५ गते भित्र सम्पन्न हुनेछन ।

वडाध्यक्ष बरालको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा समयमा नै निर्माण सम्पन्न गरेर सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरिएको छ । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य खडग बहादुर धिमालले स्वागत मन्तव्य राख्दै राखेका थिए ।

शिलान्यास कार्यक्रममा दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना, योजना अधिकृत जिवराज भट्टराई, लेखा अधिकृत देवी कोइराला, निर्माण व्यवसायी प्रकाश केसी सहित स्थानीय वडा सदस्यहरुकाे सहभागी थियाे ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...