ब्रबिम र सिताको आवाजमा ‘आत्तिन साम्माङील सुसाङबाइ’ सार्वजनिक
मङ्गलबार, १६ मंसिर, २०७७ बिहानको ०५:०० बजे,
लिम्बुवान न्युज
आन्छुमे नसान
माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका सिता सिंघक लिम्बूको कर्णप्रिय आवाजमा सजिएको पे्रमिल रोमान्टिक गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
कलाकारिता क्षेत्रमा लामो समय देखि निरन्तर योगदान दिई रहेका लिम्बु बहुप्रतिभाशाली कलाकार तथा निर्देशक फुःलेन्देको बाउ (मौसम इम्बुङ)को शव्दभावहरुमा ब्रबिम सेर्माको संगीत रहेको गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा निर्देशनमा नुनाम केरुङको प्रडक्सन, सोम मगरातीको मेकअप साथै देवराज सिग्देलको सहायक छायाँकन रहेको भिडियोमा समीर जबेगु लिम्बु र सनाया सेर्मा लिम्बूले अभिनय गरेका छन् ।
पान्थर लब्रेकुटी, चोकमागु आसपासमा छायाँकन गरिएको टेकेन्द्र यक्सोको संगीत संयोजन तथा अनिल रानाको सम्पादन रहेको भिडियोलाई थैली इन्टरटेन्टमेन्टले प्रसतुत गरेका हुन् ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...