ब्रबिम र सिताको आवाजमा ‘आत्तिन साम्माङील सुसाङबाइ’ सार्वजनिक
मङ्गलबार, १६ मंसिर, २०७७ बिहानको ०५:०० बजे,
लिम्बुवान न्युज
आन्छुमे नसान
माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका सिता सिंघक लिम्बूको कर्णप्रिय आवाजमा सजिएको पे्रमिल रोमान्टिक गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
कलाकारिता क्षेत्रमा लामो समय देखि निरन्तर योगदान दिई रहेका लिम्बु बहुप्रतिभाशाली कलाकार तथा निर्देशक फुःलेन्देको बाउ (मौसम इम्बुङ)को शव्दभावहरुमा ब्रबिम सेर्माको संगीत रहेको गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा निर्देशनमा नुनाम केरुङको प्रडक्सन, सोम मगरातीको मेकअप साथै देवराज सिग्देलको सहायक छायाँकन रहेको भिडियोमा समीर जबेगु लिम्बु र सनाया सेर्मा लिम्बूले अभिनय गरेका छन् ।
पान्थर लब्रेकुटी, चोकमागु आसपासमा छायाँकन गरिएको टेकेन्द्र यक्सोको संगीत संयोजन तथा अनिल रानाको सम्पादन रहेको भिडियोलाई थैली इन्टरटेन्टमेन्टले प्रसतुत गरेका हुन् ।
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...
दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...