विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता ‘‘साम्केलो केलो केवाफुङ’’ चरणमा प्रवेश

 लिम्बुवान खबर
                       

झापा। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत असार २५ गतेबाट सुरू भएको हो ।

प्रतियोगिताका निर्णायक रैथाने संगीतका खोजकर्ता तथा गायीका झुमा लिम्बुले सेवारो टि.भि.को फेसबुक पेज मार्फत सोमबार लाइभ हुँदै दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रवेश हुने १५ जना प्रतियोगीहरुको नाम सार्वजनिक गरेकी छन् ।

दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा)बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रतियोगी ३ का युक्पारुङ केदेम, १२ की गरिमाया लिम्बु,  ७३ की शिवकुमारी माख्यिम तुम्सा, ८१का मुक्ति इधिङ्गो, १०६का देश थलङ, १४१ का काजीमान माबो, १४२ का शान्तिराम खरेल, १६६ की ललिता केदेम लाबुङ्ग, १८२ का थानाहाङ तिगेला, १८६ का अम्बर जङ्ग केदेम, १२२ की लक्ष्मीकुमारी आङ्देम्बे, ८ का इन्द्र बहादुर योङ्हाङ,  २३६ का उदिहाङ तुम्खेवा, ४४ की भिमा सावदेन र प्रतियोगी नम्बर २ की निलिमा साम्पाङ प्रवेश भएका छन् ।

“साम्केलो केलो केवाफुङ” चरणमा प्रवेश गर्ने प्रतियोगीले अब इक्सा खाम्बेक पोक्मा मुन्धुम, फुङ्वा चाङ्मा मुन्धुम र यङ्घङ वहङ पोक्मा मुन्धुम मध्ये एक मुन्धुममा रहेर हाक्पारे गाउनुपर्ने भनी निर्णायक लिम्बुले लाइभ मार्फत बताएकी छन् ।

यस विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कार्यक्रमले कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएको संयोजकत्व इक्साहाङ् चेम्जोङले बताएका छन् । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा २४० जना प्रतियोगी सामेल भएका थिए । २४० प्रतियोगीबाट दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) मा ४० जना छानिएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ५५ हजार, उप(विजेता हुनेले ३० हजार तथा तृतीयले २० हजार रुपैयाँ हात पार्नेछन् । कार्यक्रम सम्पन्न गर्न करिब २ लाख रूपैयाँ अनुमानित खर्च लाग्ने संयाेजक चेम्जाेङले बताए ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...