मिक्लाजुङका कृषकहरु पुरस्कार पाउने भएपछि खेती गर्न उत्साहित

,   लिम्बुवान न्युज
                       

रवि। पान्थरको मिक्लाजङ गाउँपालिकाले यस बर्ष देखि ४० मुरीभन्दा बढी धान, ४ फिट अग्लो र २० फिट लम्बाई भएको मकैको थाङग्रो उत्पादन गर्ने कृषकलाई एक लाख पुरस्कार दिने भएको छ ।

गाउँपालिकाभित्र उत्पन्न हुने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था यस आर्थिक बर्ष देखि लागू गरेसँगै वाड वार्डमा गाउँपालिकाले अनुगमन शुरु गरेको हो ।

यस्तै ३५ मन (प्रति मनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिने निर्णय समेत भएकाे हुँदा विशेष गरेर धान, मकैं र आलू किसानहरु खेती गर्न उत्साहित भएका छन् ।

खेती योग्य जमिन बाँजो हुनबाट रोक्दै स्थानीय स्तरमै खाद्यन्य पुर्ति गर्न सहज होस् र कृषिबाट जिवनस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले पालिकाले यस्तो निर्णय गरेको अध्यक्ष अमर माखिमले बताए ।

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्य विधि (२०७६) का आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै कृषकहरु आत्मानिर्भर र स्वावलम्बी बनेको अध्यक्ष माखिमले बताए ।

यसै क्रममा किसानहरुको घरघरमा गएर उत्पादित धान, मकैं र आलूको अनुगमन भइरहेको मिक्लाजुङ् वडा नं. ५ का अध्यक्ष अविसन लावतीले बताएका छन् ।

तस्वीरः वडाध्यक्ष अविसन लावतीकाे फेसबुकबाट

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;