मिक्लाजुङका कृषकहरु पुरस्कार पाउने भएपछि खेती गर्न उत्साहित

 लिम्बुवान न्युज
                       

रवि। पान्थरको मिक्लाजङ गाउँपालिकाले यस बर्ष देखि ४० मुरीभन्दा बढी धान, ४ फिट अग्लो र २० फिट लम्बाई भएको मकैको थाङग्रो उत्पादन गर्ने कृषकलाई एक लाख पुरस्कार दिने भएको छ ।

गाउँपालिकाभित्र उत्पन्न हुने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था यस आर्थिक बर्ष देखि लागू गरेसँगै वाड वार्डमा गाउँपालिकाले अनुगमन शुरु गरेको हो ।

यस्तै ३५ मन (प्रति मनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिने निर्णय समेत भएकाे हुँदा विशेष गरेर धान, मकैं र आलू किसानहरु खेती गर्न उत्साहित भएका छन् ।

खेती योग्य जमिन बाँजो हुनबाट रोक्दै स्थानीय स्तरमै खाद्यन्य पुर्ति गर्न सहज होस् र कृषिबाट जिवनस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले पालिकाले यस्तो निर्णय गरेको अध्यक्ष अमर माखिमले बताए ।

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्य विधि (२०७६) का आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै कृषकहरु आत्मानिर्भर र स्वावलम्बी बनेको अध्यक्ष माखिमले बताए ।

यसै क्रममा किसानहरुको घरघरमा गएर उत्पादित धान, मकैं र आलूको अनुगमन भइरहेको मिक्लाजुङ् वडा नं. ५ का अध्यक्ष अविसन लावतीले बताएका छन् ।

तस्वीरः वडाध्यक्ष अविसन लावतीकाे फेसबुकबाट

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...