मिक्लाजुङ पाँचथरमा ८८ किसान पुरस्कृत

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ८८ जना कृषकलाई चालू अर्थिक वर्षको बजेटमा प्रोत्साहन पुरस्कार बितरण गरेकाे छ ।

४० मुरी धान, २० फिट लम्बाइ, ४ फिट उच्चाइ भएकाे मकैकाे थाङग्राे र ३५ भन्दा धेरै अालु उत्पादन गर्ने कृषकहरूलाइ प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएकाे हाे ।

मापदण्ड पुगेका धान र मकैं फलाउने कृषकलाइ एक लाख रूपैयाँका दरले प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे अध्यक्ष अमर माखिमले बताए । त्यसैगरी पालिकाले ३५ मन भन्दा धेरै अालु फलाउने कृषकलाइ प्रति किलाे २० का दरले पुरस्कार दिने पनि घाेषणा गरेकाे थियाे ।

गाउँपालिकामा याे बर्ष ४० मुरीभन्दा बढी धान फलाउने कृषक ४२ जना छन् । त्यसैगरी तोकिएको मापदण्डअनुसार मकै फलाउने कृषक ४६ जना रहेका छन् । धान र मकै दुवै तोकिएकाे मापदण्ड अनुरूप फलाउने  एउटै कृषकले दुई लाखसम्म रकम प्रदान गरिएकाे अध्यक्ष माखिमले बताएका छन् ।

पुरस्कार पाउने कृषकहरूलाई सोमबार गाउँपालिकाको केन्द्रमा आयोजित कार्यक्रममा १ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसमले एक लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाले कृषि क्षेत्रमा गरेकाे नमूना कार्यक्रमले किसानहरू हर्षित भएकाे जनप्रतिनिधिहरूले बताएका छन् । थप कृषि पेशामा लाग्न स्थानीयलाइ प्रेरित गरेकाे छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...