मिक्लाजुङ पाँचथरमा ८८ किसान पुरस्कृत

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ८८ जना कृषकलाई चालू अर्थिक वर्षको बजेटमा प्रोत्साहन पुरस्कार बितरण गरेकाे छ ।

४० मुरी धान, २० फिट लम्बाइ, ४ फिट उच्चाइ भएकाे मकैकाे थाङग्राे र ३५ भन्दा धेरै अालु उत्पादन गर्ने कृषकहरूलाइ प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएकाे हाे ।

मापदण्ड पुगेका धान र मकैं फलाउने कृषकलाइ एक लाख रूपैयाँका दरले प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे अध्यक्ष अमर माखिमले बताए । त्यसैगरी पालिकाले ३५ मन भन्दा धेरै अालु फलाउने कृषकलाइ प्रति किलाे २० का दरले पुरस्कार दिने पनि घाेषणा गरेकाे थियाे ।

गाउँपालिकामा याे बर्ष ४० मुरीभन्दा बढी धान फलाउने कृषक ४२ जना छन् । त्यसैगरी तोकिएको मापदण्डअनुसार मकै फलाउने कृषक ४६ जना रहेका छन् । धान र मकै दुवै तोकिएकाे मापदण्ड अनुरूप फलाउने  एउटै कृषकले दुई लाखसम्म रकम प्रदान गरिएकाे अध्यक्ष माखिमले बताएका छन् ।

पुरस्कार पाउने कृषकहरूलाई सोमबार गाउँपालिकाको केन्द्रमा आयोजित कार्यक्रममा १ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसमले एक लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाले कृषि क्षेत्रमा गरेकाे नमूना कार्यक्रमले किसानहरू हर्षित भएकाे जनप्रतिनिधिहरूले बताएका छन् । थप कृषि पेशामा लाग्न स्थानीयलाइ प्रेरित गरेकाे छ ।

 

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...