उर्लाबारी एकमा लिम्बुवान मञ्चकाे गठन

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङ्को उर्लाबारी १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी पुर्नगठन भएको छ ।
मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा उर्लाबारी सिमाना बस्तीमा लिम्बुवान राजनीति बारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रमसँगै मञ्चको वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चेम्जोङ्ले वर्तमान निकम्मा सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न नसेको हुँदा देशमा राजनैतिक द्वन्द्व शुरु भएको हुँदा अब संघीयता पक्षधर पहिचानको राजनीति गर्ने हामीले गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ । उपाध्यक्ष चेम्जोङले भने – देशमा राजावादीहरुको चहलपहल शुरुभएको छ, वर्तमान नेकपा सरकार टुलुटुलु हेरेर बसिरहेको हुँदा कही कतै संघीयता नै खारेज हुन सक्छ, त्यसैले कुनै पनि बेला हुने संघीय आन्दोलनको पक्षमा तयार भएर बस्न आग्रह गरेका छन् ।

मञ्चका केन्द्रीय सचिवालय सदस्य रामचन्द्र थापा मगर, केन्द्रीय सदस्य तथा कलाकार संयोजक हरिराज खिम्दीङ् लगायत नेताहरुले वर्तमान समसामयिक राजनीति बारे आ–आफ्नो धारणा राखेका थिए ।

लिम्बुवान मञ्चको वडा कमिटी पुनःगठनलाई १ नम्बर वडाबाटै शुरु गर्दै सबै वार्डमा गठन गर्दै लाने उर्लाबारी नगर कमिटीले जनाएको छ ।

आज गठित समितिको अध्यक्षमा बल बहादुर माखिम, उपाध्यक्षहरुमा चन्द्र पङ्याङगु, जनम यक्सो लिम्बु, सचिव डम्बर पङयागु, सहसचिव चन्द्रकला आङ्देम्बे, कोषाध्यक्ष सन्त तुम्सा त्यसैगरी सदस्यहरुमा रीता लिम्बु, याम बहादुर चेम्जोङ, अमृत पालुङवा, राजेश धिमाल र भिम पङयाङगो रहेका छन् । अन्य थप आवश्यक परेमा सदस्यहरु मानोनित गरेर लाने वताएका छन् ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...