उर्लाबारी एकमा लिम्बुवान मञ्चकाे गठन

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङ्को उर्लाबारी १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी पुर्नगठन भएको छ ।
मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा उर्लाबारी सिमाना बस्तीमा लिम्बुवान राजनीति बारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रमसँगै मञ्चको वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चेम्जोङ्ले वर्तमान निकम्मा सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न नसेको हुँदा देशमा राजनैतिक द्वन्द्व शुरु भएको हुँदा अब संघीयता पक्षधर पहिचानको राजनीति गर्ने हामीले गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ । उपाध्यक्ष चेम्जोङले भने – देशमा राजावादीहरुको चहलपहल शुरुभएको छ, वर्तमान नेकपा सरकार टुलुटुलु हेरेर बसिरहेको हुँदा कही कतै संघीयता नै खारेज हुन सक्छ, त्यसैले कुनै पनि बेला हुने संघीय आन्दोलनको पक्षमा तयार भएर बस्न आग्रह गरेका छन् ।

मञ्चका केन्द्रीय सचिवालय सदस्य रामचन्द्र थापा मगर, केन्द्रीय सदस्य तथा कलाकार संयोजक हरिराज खिम्दीङ् लगायत नेताहरुले वर्तमान समसामयिक राजनीति बारे आ–आफ्नो धारणा राखेका थिए ।

लिम्बुवान मञ्चको वडा कमिटी पुनःगठनलाई १ नम्बर वडाबाटै शुरु गर्दै सबै वार्डमा गठन गर्दै लाने उर्लाबारी नगर कमिटीले जनाएको छ ।

आज गठित समितिको अध्यक्षमा बल बहादुर माखिम, उपाध्यक्षहरुमा चन्द्र पङ्याङगु, जनम यक्सो लिम्बु, सचिव डम्बर पङयागु, सहसचिव चन्द्रकला आङ्देम्बे, कोषाध्यक्ष सन्त तुम्सा त्यसैगरी सदस्यहरुमा रीता लिम्बु, याम बहादुर चेम्जोङ, अमृत पालुङवा, राजेश धिमाल र भिम पङयाङगो रहेका छन् । अन्य थप आवश्यक परेमा सदस्यहरु मानोनित गरेर लाने वताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;