बुधबार, १७ मंसिर, २०७७ रातीको ११:३० बजे,
लिम्बुवान न्युज
पाँचथर। लिम्बू कल्चर समेटिएको गीत ‘च्याङ धुम च्याङ’ सार्वजनिक भएको छ । मंगलबार युमा अार्टकाे यु–ट्युबमार्फत सार्वजनिक भएको हाे ।
उक्त गीत अग्नी लावतीले लेखेका हुन् भने संगीत आङखेवा लिम्बूको संगीत रहेको छ । यस गीतमा अग्नि लावती र सुनिता थेगिमको स्वर रहेको छ ।
संगीत आङखेवाकै निर्देशन रहेको गीतको भिडियोमा अग्नी र रेन्सा आङखेवा लिम्बूले मुख्य अभिनय गरेका छन् । रेन्साले यसै भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी हुन् । सुमन तामाङले खिचेको भिडियोमा सुस्मिता आङखेवा लिम्बू, देवेन्द्र लावती र विष्णु आङखेवाको पनि अभिनय हेर्न सकिन्छ ।
‘च्याङ धुम च्याङ’ गीतको यो भिडियोलाई पाँचथरको कुम्मायककाे यासोक बजार लगायत स्थानहरूमा छायाँकन गरिएको हो । भिडियोमा लिम्बू समुदायको विवाह संस्कार सँगै नाच्ने परम्परालाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...
धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...
बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...
चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...