पुँजीबजारमा ब्रोकर कमिशन घटाउन माग

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लाे समय नेपालमा घरजग्गा काराेबार लकडाउनका कारण कम हुन थालेपछि व्यवसायीहरू शेयर बजारमा अाकर्शित हुने क्रम बढेसँगै शेयर बजार अहिले गर्माएकाे छ ।

अहिले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

हाल एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने यथावत रहँदा अझै पुरानै कायम भएपछि लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका हुन् ।

हाल ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताहरूले माग गरेका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको बताइन् ।

कमिशन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने लगानीकर्ताहरुको तयारी रहेकाे वताइएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;