दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

 लिम्बुवान न्युज
                       

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् ।

आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे ।

तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा बसेको बैठकले प्रशिक्षण केन्द्रहरुवीच समन्वय तथा भाषा पठनपाठनलाई थप प्रभावकारी वनाउने उद्देश्यले गगन लावतीको अध्यक्षतामा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेका हुन् । उनी ब्रिटिस ल्याङ्वेज आईटी कलेजका सञ्चालक हुन् । युवा व्यक्तित्व लावती अंग्रेजी भाषाका प्रशिक्षक तथा सामाजिक कार्यमा क्रियाशील छन् ।

यसै गरी समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा सन्देश थापा, कोषाध्यक्षमा विवेक मैनाली र प्रवक्ताका रुपमा देशराज नेम्बाङ लगायत चुनिएका छन् । सोही बैठकले राम नेपालको संयोजकत्वमा नविन राई र विशाल सिटौला सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको छ ।

पछिल्लो समयमा कोभिड १९ को महामारीका कारण प्रशिक्षण केन्द्र सञ्चालन गर्नमा कठिनाई भएकाले यस क्षेत्रका लागि पनि स्थानीय सरकारले चासो देखाउनु पर्नेमा ध्यानाकर्षण गराउँने, प्रशिक्षण केन्द्रहरु वीच स्वस्थ्य प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने र प्रशिक्षण केन्द्रहरुको सिपमुलक तालिमहरुमा एकरुपता ल्याउन संगठनको आवश्यकता महषुष गरि संगठीत हुनुपरेको अध्यक्ष लावतीले बताए । दमकमा करिव ५० काे हाराहारीमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूटहरु रहेका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...