दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

,   लिम्बुवान न्युज
                       

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् ।

आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे ।

तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा बसेको बैठकले प्रशिक्षण केन्द्रहरुवीच समन्वय तथा भाषा पठनपाठनलाई थप प्रभावकारी वनाउने उद्देश्यले गगन लावतीको अध्यक्षतामा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेका हुन् । उनी ब्रिटिस ल्याङ्वेज आईटी कलेजका सञ्चालक हुन् । युवा व्यक्तित्व लावती अंग्रेजी भाषाका प्रशिक्षक तथा सामाजिक कार्यमा क्रियाशील छन् ।

यसै गरी समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा सन्देश थापा, कोषाध्यक्षमा विवेक मैनाली र प्रवक्ताका रुपमा देशराज नेम्बाङ लगायत चुनिएका छन् । सोही बैठकले राम नेपालको संयोजकत्वमा नविन राई र विशाल सिटौला सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको छ ।

पछिल्लो समयमा कोभिड १९ को महामारीका कारण प्रशिक्षण केन्द्र सञ्चालन गर्नमा कठिनाई भएकाले यस क्षेत्रका लागि पनि स्थानीय सरकारले चासो देखाउनु पर्नेमा ध्यानाकर्षण गराउँने, प्रशिक्षण केन्द्रहरु वीच स्वस्थ्य प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने र प्रशिक्षण केन्द्रहरुको सिपमुलक तालिमहरुमा एकरुपता ल्याउन संगठनको आवश्यकता महषुष गरि संगठीत हुनुपरेको अध्यक्ष लावतीले बताए । दमकमा करिव ५० काे हाराहारीमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूटहरु रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;