विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता तरङदिङ ताङसाङ चरणमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक। विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणबाट तेस्राे तरङदिङ ताङसाङ चरणामा प्रवेश गरेको छ ।

शनिबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरण पार गर्दै तरङदिङ ताङसाङ चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत इक्सादिङ चरणमा सहभागी २० जना प्रतियोगीहरु मध्येबाट तरङदिङ ताङसाङ चरणमा प्रवेश हुने १० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका हुन् ।

तरङदिङ ताङसाङ चरणमा सीता पिरती (ताप्लेजुङ), मन कुमार तुम्रोक (पान्थर), एस.बि गोधुली (ईलाम), मचिन्द्र लोवा सेमि (पान्थर), कुमार बि.क (तेह्रथुम),लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ), लक्ष्मी नेम्वाङ (पान्थर), लोकेन्द्र देवान ‘अशिम’ (धनकुटा), के. बि किराँती (ताप्लेजुङ) र लक्ष्मी माङ चेम्जोङ (पान्थर) प्रवेश गरेका छन् ।

याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको आयोजनामा जनम लिङ्दम हाङ्साको संयोजकत्वमा सञ्चालन भइरहेको याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।

प्रतियोगिताका विजेताले नगद पुरस्कार ३० हजार सहित प्रमाणपत्र, उपविजेता हुनेले नगद पुरस्कार २० हजार सहित प्रमाणपत्र, तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र सान्तवना हुनेले नगद पुरस्कार ५ हजार सहित प्रमाणपत्र हात पार्नेछन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;