मुख्यमन्त्री कार्यालयमा बुझायाे जनमुक्तिले ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

बिराटनगर । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनमुक्तिको कुरा सुन्न आँट नगरेको बताएका छन् ।

विहीबार प्रदेश नं. १ विराटनगरमा ज्ञापनपत्र बुझाएपछि गरिएको कोणसभामा अध्यक्ष पालुङ्वाले किरात लिम्बूवान–खम्बूवान एकमात्र प्रदेशको नाम भएको हुँदा यसलाई सहमति गरेर लैजान मुख्यमन्त्री राईलाई आग्रह गरे ।

अध्यक्ष पालुङ्वाले वैकल्पिक शक्तिको रुपमा उभिएको जनमुक्ति र यसले उठाएका विचार नेपाली जनताको भावनासँग मिल्ने भएको हुँदा जनमुक्तिका विचारलाई स्मरण गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन पुगेका पार्टी कार्यकर्तासहितको टोली मुख्यमन्त्रीको कार्यालयमा पुग्दा उनी नभएपछि उनका सचिव दिनेश उप्रेतीलाई बुझाइएको थियो ।

कोणसभामा पार्टीका केन्द्रीय सचिव बलदीप राईले पहिचानसहितको राज्य निर्माणमा कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे । मोटरसाईकलको र्यालीसहित बिराटनगर पुगेको टोलीले महेन्द्र चौकमा एक घण्टा कोणसभाको आयोजना गरेको थियो ।

कोणसभामा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, सचिव विष्णु थाम्देन, महिला नेतृ मीना पन्धाक, संघीयसभा सदस्य शान्तिदेवी राई, राजेन्द्र माखिम, राज खम्बू, युवा संयोजक चित्रहाङ मगर, झापा जिल्ला अध्यक्ष भवानी सेलिङ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;