भिजिट भिसामा कडाई अंग्रेजी फरर वा एसएलसी पास अनिवार्य

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल सरकारले भिजिट भिसामा मानव तस्कर बढी हुन थालेको भन्दै कढाई गर्ने भएको छ ।

मानव तस्करहरुले भिजिट भिसाको दुरुपयोग गर्दै त्रिभुवन विमानस्थलबाट युवाहरुलाई विभिन्न मुलुकमा पुर्याउने घटना दिनानुदिन बढ्न थालेपछि यस्तो कदम चालेको हो । सरकारले भिजिट भिसा सम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने जनाएको छ ।

मेनपावर कम्पनी, वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको मिलेमतोमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढ्दै गइरहेको सरकारको निष्कर्ष छ ।

विगतमा राहदानी, भिसा र अमेरिकी १ हजार डलरका साथमा दुईतर्फी हवाई टिकटका साथ घुम्न जाने देशमा व्यवस्था भए पुग्थ्यो भने अब २० लाख बराबरको व्यक्तिगत जिवन बीमा र कम्तीमा एसएलसी पास गरेको प्रमाणपत्र अथवा अंग्रेजी फरर बोल्न सक्ने अनिवार्य हुने पर्ने व्यवस्था सरकारले गर्ने लागेको जनाएको छ ।

हालसम्म अनुमानित ५० हजार भन्दा धेरै युवाहरु भिजिट भिसामा गएर खाडी मुलुकहरुमा काम गरिरहेको अनुमान रहेको छ । अध्यागमन विभागले कार्यविधि संशोधनको मस्यौदा बनाई छिट्टै गृह मन्त्रालयमा पठाउने जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...