भिजिट भिसामा कडाई अंग्रेजी फरर वा एसएलसी पास अनिवार्य

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल सरकारले भिजिट भिसामा मानव तस्कर बढी हुन थालेको भन्दै कढाई गर्ने भएको छ ।

मानव तस्करहरुले भिजिट भिसाको दुरुपयोग गर्दै त्रिभुवन विमानस्थलबाट युवाहरुलाई विभिन्न मुलुकमा पुर्याउने घटना दिनानुदिन बढ्न थालेपछि यस्तो कदम चालेको हो । सरकारले भिजिट भिसा सम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने जनाएको छ ।

मेनपावर कम्पनी, वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको मिलेमतोमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढ्दै गइरहेको सरकारको निष्कर्ष छ ।

विगतमा राहदानी, भिसा र अमेरिकी १ हजार डलरका साथमा दुईतर्फी हवाई टिकटका साथ घुम्न जाने देशमा व्यवस्था भए पुग्थ्यो भने अब २० लाख बराबरको व्यक्तिगत जिवन बीमा र कम्तीमा एसएलसी पास गरेको प्रमाणपत्र अथवा अंग्रेजी फरर बोल्न सक्ने अनिवार्य हुने पर्ने व्यवस्था सरकारले गर्ने लागेको जनाएको छ ।

हालसम्म अनुमानित ५० हजार भन्दा धेरै युवाहरु भिजिट भिसामा गएर खाडी मुलुकहरुमा काम गरिरहेको अनुमान रहेको छ । अध्यागमन विभागले कार्यविधि संशोधनको मस्यौदा बनाई छिट्टै गृह मन्त्रालयमा पठाउने जनाएको छ ।

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...