कांग्रेसले २९ गते देशव्यापी विरोधसभा गर्नेः झापामा मोटरसाइकल र्याली हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर २९ गते देशको ७७ वटै जिल्लाहरुमा शक्ति प्रदर्शन गर्नेभएको छ । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानजनक ढंगले गिरफ्तार गरेको प्रति खेद व्यक्त गर्दै उक्त प्रदर्शन गर्न लागिएको हो ।

जनताको बलबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बद्र्धन, कोभिड–१९ को उपचार र नियन्त्रण गर्न सरकार चुकेको, सरकार भ्रष्टचार र कमिशनको दलदलमा फसेको कांग्रेसले आरोप लगाएको छ ।

त्यसैगरी स्थगित गरिएको संघीय संसदको बैठक अविलम्ब बोलाउन साथै नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई तनहुँमा गरिएको दुव्र्यवहारको विरुद्धमा देशैभरी विरोधसभा आयोजना गरिएको जनाएको छ ।

यसैगरी नेपाली कांग्रेस झापा जिल्ला समितिले भने आगामी २९ गते मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ । सरकारलाई दबाद दिन कन्काईको सुरुंगाबाट विर्तामोडसम्म मोटरसाइकल र्यालीको आयोजना गरी मुक्तिचोकमा विरोधसभा गर्ने जिल्ला सभापति उद्धव थापाले बताएका छन् ।

गत आइतबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भारतेन्द्रकुमार मल्लिक, आमन्त्रिक केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, दिलीप राई, पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायत महासमिति सदस्य, जिल्ला कमिटी, प्रदेश कमिटी, महाधिवेशन प्रतिनिधिहरु, शुभेच्छुक र भातृ संगठन प्रमुखहरुको सहभागीता रहेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...