फेदाप गाउँपालिका ५ को नवनिर्मित भवन उद्घाटन

,   लिम्बुवान न्युज
                       

तेह्रथुम। फेदाप गाउँपालिका वडा नं. ५ को नवनिर्मित प्रसाशनिक कार्यालय उद्घाटन कार्यक्रम आज सप्पन्न भएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोग १७ लाख पचास हजार र हाल फेदाप गाउँ कार्यपालिकाको २४ लाख पचास हजार गरि जम्मा ४२ लाख सहयोगमा निर्माण कार्य सप्पन्न गरि उद्घाटन गरिएको हो ।

मंगलबार नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङको हस्तबहुलीबाट एक कार्यक्रम बिच गरिएको थियोे । अध्यक्ष चोङबाङ्ले गाउँपालिका बिकासको लागी कुनै पनि क्षेत्रमा कसुर बाकी नराख्ने उद्घोष गर्नुभएको थियो । उहाले आवश्यक परे जनताको आधारभुत कुरामा समेत सचेतता पुर्वक कृयाशिल हुने प्रतिबद्धता मन्तव्यको क्रममा व्यक्त गरेका छन् ।

नवनिर्मित ५ नं. वडा कार्यालयको परिषरमा आयोजना भएको भवन उद्घाटन कार्यक्रम वडा स्थित नागरिकहरुले राम्रै उपस्थिति जनाएका थिऐे ।
उक्त कार्यक्रममा पालिका उपाध्यक्ष गितादेवी थापा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि वडा अध्यक्षहरु विभिन्न राजनीतिक दल, शिक्षक, कर्मचारी, गाउका बुद्धिजीवी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

५ नं. वडा अध्यक्ष टेकबहादुर घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीतादेवी थापा, वडा नं. १ र ४ अध्यक्षहरु मान ब श्रेष्ठ र नविन चोङबाङ्ले पनि मन्तव्य राखेका थिए । त्यसैगरी राजनीति दलहरुबाट नेकपा वडा अध्यक्ष टेकनारायण बिमली, काङ्ग्रेस वडा सभापति गणेश निरौला, संघीय लिम्बुवान मञ्च फेदाप गाउपालिका समिति का.वा. अध्यक्ष तिलबिक्रम चोङबाङ लगायतले राखेका थिए ।

उक्त कार्यक्रममा सेसेहाङ हुक्पा चोङबाङद्वारा लिखित इसिबुको चिनारी पुस्तक समेत प्रमुख अतिथि हरिप्रसाद चोङबाङ र वडा अध्यक्ष टेकबहादुर घिसिङले संयुक्त रूपमा बिमोचन गर्नुभएको थियो । पुस्तकमा इसिबुको राजनीति, सामाजिक, आर्थिक, भौगोलिक, शिक्षा, जनसंख्या, पर्यटन, धार्मिक अवस्था लगायत बिषय समेटिएको छ । कार्यक्रमको संचालन पुरुषोत्तम तिम्सिनाले गरेका थिए ।

(तस्वीर सेसेहाङ चाेङबाङकाे फेसबुकबाट)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;