फेदाप गाउँपालिका ५ को नवनिर्मित भवन उद्घाटन

 लिम्बुवान न्युज
                       

तेह्रथुम। फेदाप गाउँपालिका वडा नं. ५ को नवनिर्मित प्रसाशनिक कार्यालय उद्घाटन कार्यक्रम आज सप्पन्न भएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोग १७ लाख पचास हजार र हाल फेदाप गाउँ कार्यपालिकाको २४ लाख पचास हजार गरि जम्मा ४२ लाख सहयोगमा निर्माण कार्य सप्पन्न गरि उद्घाटन गरिएको हो ।

मंगलबार नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङको हस्तबहुलीबाट एक कार्यक्रम बिच गरिएको थियोे । अध्यक्ष चोङबाङ्ले गाउँपालिका बिकासको लागी कुनै पनि क्षेत्रमा कसुर बाकी नराख्ने उद्घोष गर्नुभएको थियो । उहाले आवश्यक परे जनताको आधारभुत कुरामा समेत सचेतता पुर्वक कृयाशिल हुने प्रतिबद्धता मन्तव्यको क्रममा व्यक्त गरेका छन् ।

नवनिर्मित ५ नं. वडा कार्यालयको परिषरमा आयोजना भएको भवन उद्घाटन कार्यक्रम वडा स्थित नागरिकहरुले राम्रै उपस्थिति जनाएका थिऐे ।
उक्त कार्यक्रममा पालिका उपाध्यक्ष गितादेवी थापा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि वडा अध्यक्षहरु विभिन्न राजनीतिक दल, शिक्षक, कर्मचारी, गाउका बुद्धिजीवी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

५ नं. वडा अध्यक्ष टेकबहादुर घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीतादेवी थापा, वडा नं. १ र ४ अध्यक्षहरु मान ब श्रेष्ठ र नविन चोङबाङ्ले पनि मन्तव्य राखेका थिए । त्यसैगरी राजनीति दलहरुबाट नेकपा वडा अध्यक्ष टेकनारायण बिमली, काङ्ग्रेस वडा सभापति गणेश निरौला, संघीय लिम्बुवान मञ्च फेदाप गाउपालिका समिति का.वा. अध्यक्ष तिलबिक्रम चोङबाङ लगायतले राखेका थिए ।

उक्त कार्यक्रममा सेसेहाङ हुक्पा चोङबाङद्वारा लिखित इसिबुको चिनारी पुस्तक समेत प्रमुख अतिथि हरिप्रसाद चोङबाङ र वडा अध्यक्ष टेकबहादुर घिसिङले संयुक्त रूपमा बिमोचन गर्नुभएको थियो । पुस्तकमा इसिबुको राजनीति, सामाजिक, आर्थिक, भौगोलिक, शिक्षा, जनसंख्या, पर्यटन, धार्मिक अवस्था लगायत बिषय समेटिएको छ । कार्यक्रमको संचालन पुरुषोत्तम तिम्सिनाले गरेका थिए ।

(तस्वीर सेसेहाङ चाेङबाङकाे फेसबुकबाट)

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...