संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस मनाउँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। पूर्वबाट राजनीति पार्टीको रुपमा उदाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने जनाएको छ ।
मञ्च संघीय ढाँचाको संरचना बनाई लिम्बुवान देखि खसानसम्मको १०+१ प्रान्तीय मञ्चहरुले अवधारणा बनाई बनेको एकमात्र नेपालको संघीय पार्टी हो ।

झापाको विर्तामोडमा २०६२ मंसिर २६ गते मञ्चको नवरान गरिएको मञ्चका संस्थापक अध्यक्ष सञ्जुहाङ् पालुङ्वा र महासचिवमा कुमार लिङ्देन मिराक चयन भएको संस्थापक सदस्य ज्ञानुहाङ् इम्बुङ्ले बताएका छन् ।

संघीय मञ्च हाल देशै भरि सक्रिय रहेको पार्टी हो । मञ्चको अवधारणा अनुसार लिम्बुवान देखि खसानसम्म नै प्रान्तीय मञ्चहरु निर्माण गर्दै सबै प्रान्तहरुलाई मंसिर २६ गते मञ्च स्थापना दिवस मनाउन निर्देशन दिएको मञ्चका वर्तमान संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनु भएको छ ।

अध्यक्ष लिङ्देनले भने झापा जिल्ला समितिले शिवसताक्षीको दुधेमा आयोजना गर्ने स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका प्रान्तीय सचिव तथा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सहकमाण्डर राजु राईले बताए ।

त्यसैगरी मञ्चले लिम्बुवानको नौ वटै जिल्लाको विभिन्न स्थानीय तह, प्रवास मञ्चहरुमा पनि स्थापना दिवस कार्यक्रम भव्य रुपमा मनाउने जनाएको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...