संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस मनाउँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। पूर्वबाट राजनीति पार्टीको रुपमा उदाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने जनाएको छ ।
मञ्च संघीय ढाँचाको संरचना बनाई लिम्बुवान देखि खसानसम्मको १०+१ प्रान्तीय मञ्चहरुले अवधारणा बनाई बनेको एकमात्र नेपालको संघीय पार्टी हो ।

झापाको विर्तामोडमा २०६२ मंसिर २६ गते मञ्चको नवरान गरिएको मञ्चका संस्थापक अध्यक्ष सञ्जुहाङ् पालुङ्वा र महासचिवमा कुमार लिङ्देन मिराक चयन भएको संस्थापक सदस्य ज्ञानुहाङ् इम्बुङ्ले बताएका छन् ।

संघीय मञ्च हाल देशै भरि सक्रिय रहेको पार्टी हो । मञ्चको अवधारणा अनुसार लिम्बुवान देखि खसानसम्म नै प्रान्तीय मञ्चहरु निर्माण गर्दै सबै प्रान्तहरुलाई मंसिर २६ गते मञ्च स्थापना दिवस मनाउन निर्देशन दिएको मञ्चका वर्तमान संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनु भएको छ ।

अध्यक्ष लिङ्देनले भने झापा जिल्ला समितिले शिवसताक्षीको दुधेमा आयोजना गर्ने स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका प्रान्तीय सचिव तथा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सहकमाण्डर राजु राईले बताए ।

त्यसैगरी मञ्चले लिम्बुवानको नौ वटै जिल्लाको विभिन्न स्थानीय तह, प्रवास मञ्चहरुमा पनि स्थापना दिवस कार्यक्रम भव्य रुपमा मनाउने जनाएको छ ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...