१४औं महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

,   लिम्बुवान न्युज
                       

काठमाडौं। कोरोना भाइरसको संक्रमण नरोकिएसँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गईरहेको छ । कोभिड १९ अझै पनि नियन्त्र बाहिर रहेको हुँदा महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो । असार २२ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

सो कार्यतालिका अनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका कोरोनाले प्रभावित भएको जनाउँदै साथै पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि जिल्ला, स्थानीय तह तथा अन्य भातृ संगठन लगायतका संगठनहरुको अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

अब यहि मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । विधान सम्मत हो भने अनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन गरिसक्नु पर्ने हुन्छ ।

कांग्रेसको विधान अनुसार हो भने पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुन्छ तर कहि कतै विसम परिस्थितिमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म समयावधी लम्ब्याउन सक्ने उल्लेख छ ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गते ४ दिन सम्म काठमाडौँमा भएको थियो ।
कोरोना कहरको जटिल परिस्थिति र नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।

क्रियासिल सदस्य नविकरणमा ढिलाई भइरहेको साथै विभिन्न पार्टीबाट कांग्रेसमा समाहित भएका समेतलाई क्रियासिल दिन ढिलाई भइरहेको हुँदा थप काम गर्न समेत असर परेसँगै कांग्रेसको महाधिवेशन सर्न सक्ने आकलन गर्न सकिन्छ । त्यसैगरी सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लाहरुमा पार्टी समायोजन कार्य समेत प्रभावित भएको हुँदा महाधिशेवन सम्पन्न गर्न समय नपुग्ने जनाउँदै पर सार्ने तयारी कांग्रेसले गरेको जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;