जनता माध्यमिक विद्यालको अध्यक्षमा विपीन निर्वाचित

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको दक्षिणी गाउँपालिका चुलाचुलीकै सबैभन्दा पुरानो विद्यालय जनता माध्यमिक चुलीकञ्चनपुरको अध्यक्षमा विपीन योङ्या निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बुधबार सम्पन्न साधारणसभाले संघीय लिम्बुवान मञ्च, नेपालका चुलाचुली गाउँपालिका अध्यक्ष समेत रहेका योङ्यालाई सर्वसहमतिमा निर्वाचित गरेको हो ।

चुलाचुलीको विभिन्न सामाजिक संघ संस्थामा समेत परिचित युवा व्यक्तित्व योङ्या सहित समितिको सदस्यहरुमा क्रमशः वडा नं. २ का वडाध्यक्ष रण बहादुर लिम्बु, रेणु रिजाल, गंगा प्रसाद चापागाई, पुनम कुमाल, हर्क लिम्बु, टिका खड्का र सदस्य सचिवमा प्रअ लक्ष्मेश्वर प्रसाद वनवरिया चयन भएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...