जनता माध्यमिक विद्यालको अध्यक्षमा विपीन निर्वाचित

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको दक्षिणी गाउँपालिका चुलाचुलीकै सबैभन्दा पुरानो विद्यालय जनता माध्यमिक चुलीकञ्चनपुरको अध्यक्षमा विपीन योङ्या निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बुधबार सम्पन्न साधारणसभाले संघीय लिम्बुवान मञ्च, नेपालका चुलाचुली गाउँपालिका अध्यक्ष समेत रहेका योङ्यालाई सर्वसहमतिमा निर्वाचित गरेको हो ।

चुलाचुलीको विभिन्न सामाजिक संघ संस्थामा समेत परिचित युवा व्यक्तित्व योङ्या सहित समितिको सदस्यहरुमा क्रमशः वडा नं. २ का वडाध्यक्ष रण बहादुर लिम्बु, रेणु रिजाल, गंगा प्रसाद चापागाई, पुनम कुमाल, हर्क लिम्बु, टिका खड्का र सदस्य सचिवमा प्रअ लक्ष्मेश्वर प्रसाद वनवरिया चयन भएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...