दमकमा पहिलाे पल्ट कम्प्यूटर प्रविधिबाट शल्यक्रिय शुरू

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान गर्न सुरु गरेको हो ।

वि.सं. २०५४ साल देखि दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी झापाको विभिन्न ठाउँमा रही आखाँ बिरामीहरुको उपचार सेवामा निरन्तर लागिरहनु भएका डा. राईको टोलिले दमकमा पहिलो पटल अत्याधुनिक कम्प्यूटर प्रविधिद्वारा शल्यक्रिया सेवा सुरु गरेको हो ।

नेत्रालयले पहिलो दिन ५ जना मोतिबिन्दु र १ जना आँखाको ढकनि गरि जम्मा ६ जनाको सल्यक्रिया गरिएकाे डा. राईले बताउनुभयो ।

प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा सुरु भएको हो । गत आइतबार देखि सुरु भएको सो सेवा बिहिबारबाट सल्यक्रिया सेवा समेत सुरु भएको अस्पताल प्रशासक प्रमुख पुनम प्रधानले बताइन् ।

सुगर, पेसर, बढि उमेर भएका मानिस र चोट लागेर आँखाको पर्दा च्यातिएमा आँखाको रेटिना सम्बन्धी समस्याहरु बढि मात्रामा आउने गरेको डा. राईले बताउनुभयो ।

मेचीनगरको काकरभिट्टा देखि सो सेवाहरू प्रदान गर्दै आएको मेची नेत्रालयले अब अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू दमकबाट पनि प्रदान गर्ने भएको छ ।

आँखाको जटिल उपचार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...