दमकमा पहिलाे पल्ट कम्प्यूटर प्रविधिबाट शल्यक्रिय शुरू

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान गर्न सुरु गरेको हो ।

वि.सं. २०५४ साल देखि दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी झापाको विभिन्न ठाउँमा रही आखाँ बिरामीहरुको उपचार सेवामा निरन्तर लागिरहनु भएका डा. राईको टोलिले दमकमा पहिलो पटल अत्याधुनिक कम्प्यूटर प्रविधिद्वारा शल्यक्रिया सेवा सुरु गरेको हो ।

नेत्रालयले पहिलो दिन ५ जना मोतिबिन्दु र १ जना आँखाको ढकनि गरि जम्मा ६ जनाको सल्यक्रिया गरिएकाे डा. राईले बताउनुभयो ।

प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा सुरु भएको हो । गत आइतबार देखि सुरु भएको सो सेवा बिहिबारबाट सल्यक्रिया सेवा समेत सुरु भएको अस्पताल प्रशासक प्रमुख पुनम प्रधानले बताइन् ।

सुगर, पेसर, बढि उमेर भएका मानिस र चोट लागेर आँखाको पर्दा च्यातिएमा आँखाको रेटिना सम्बन्धी समस्याहरु बढि मात्रामा आउने गरेको डा. राईले बताउनुभयो ।

मेचीनगरको काकरभिट्टा देखि सो सेवाहरू प्रदान गर्दै आएको मेची नेत्रालयले अब अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू दमकबाट पनि प्रदान गर्ने भएको छ ।

आँखाको जटिल उपचार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...