किरात धर्मगुरु फाल्गुनन्दको तस्वीर प्रयोग नगर्न किरात संस्थाहरुको अनुरोध

 लिम्बुवान न्युज
                       

दमक। १६औं राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा समेत अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति सम्बद्ध धार्मिक संस्थाहरुले आपत्ति जनाएका छन् ।

२०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन मार्फत देशले २०७२ साल असोज ३ गते धर्मनिरपेक्षतालाई अंगिकार गरेको वर्तमान अवस्थामा पछिल्ला केहिदिन यता काठमाडौं सहित देशैभरी हिन्दु धर्म तथा राजसंस्थाको पक्षमा जनप्रर्दशन हँुदैआएको र त्यस्ता प्रदर्शनमा किरात धर्मका महागुरुको समेत तस्वीर समावेश गरि दुरुपयोग भएको भन्दै धार्मिक संस्थाले आपत्ति जनाएका हुन् ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले आज जारी गरेको विज्ञप्तिमा मुलुकमा स्थापित संघीयता, लोकतान्त्रिक, गणतन्त्र, धर्म निरपेक्षता र मुलुकको समृद्धि, शान्ति र अमनचयन नचाहने केही प्रतिक्रियाबादी अति हिन्दुबादी तत्वहरूले मुलुकलाई हिन्दुराष्ट्र कायम गर्न र धर्म निरपेक्षताको संबैधानिक ब्यबस्थालाई खारेज गर्न माग गर्दै सनातन संस्कृति समाज नेपाल, केन्द्रीय समितिले किरात धर्मदर्शनका पुर्नरुत्थानकर्ता राष्ट्रिय बिभूति महागुरुको तस्वीरलाई अनाधिकृत तवरले आफ्नो ब्यानरमा राखेर दुरुपयोग गर्दै आएको उल्लेख छ ।

धर्म निरपेक्षताको संबैधानिक ब्यबस्था स्थापित गर्न किरात धर्मका अनुनायीहरुको समेत उतिकै योगदान रहेको स्मरण गर्दे संघले त्यस विरुद्धको गतिविधिमा किरात धर्मावलम्बीहरुको साथ र सहयोग नरहने स्पष्ट पारेको छ ।

राप्रपाले केहिदिन अघि झापामा गरेको हिन्दु राष्ट्र कायम गर्न माग राख्दै निकालेको शक्ति प्रर्दशनमा समेत महागुरुको तस्वीर राखेको पाईएपछि संघले आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, –‘केही दिनदेखि भईरहेको तथाकंथित आन्दोलनको हामी किरात धर्मावलम्बीहरुको तर्फबाट घोर भत्सर्ना गर्दछौं ।’
हिन्दु धर्मका ब्यानरमा महागुरु फाल्गुनन्दको तस्वीर नहटाएको खण्डमा कानुनी प्रक्रियामा अघि बढ्न बाँध्य हुनुपर्ने समेत संघद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;