पत्रकार मैनालीद्वारा नारी सञ्चार गृहकाे अक्षयकाेषलाइ सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

विर्तामोड। झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालीले सहयोग रकम प्रदान गरेकी छन् ।

आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार गरेको अवसरमा मैनालीले आफ्नो बिबाहकै दिन उक्त सहयोग रकम प्रदान गरेकी हुन् ।

उनले १८ हजार आठ सय अठासी रुपैयाँ बराबरको चेक संचार गृहका अध्यक्ष भिमा शिवाकोटी, कोषाध्यक्ष, संस्थापक अध्यक्ष सावित्रा दाहाल, कोषाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, पूर्व सह–सचिब स्वस्तिका आचार्य सहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको सचिव भूमिका लिम्बू फियाकले जानकारी दिईन् ।

सहयोग रकम हस्तान्तरण गर्दै मैनालीका पिताले आफ्नो छोरीको बिशेष दिनमा आफ्नो छोरी जस्तै पत्रकारिता पेशामा लागेका महिलाहरुको उद्देश्यलाई सफल पार्नका लागि सो रकम हस्तान्तरण गर्न पाएकोमा खुसि भएको बताए ।

रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले सदस्य मैनालीलाई बैबाहिक जीवनको शुभकामनासंगै धन्यवाद ज्ञापन गर्दै बिहे पछाडी महिला पत्रकारहरु पत्रकारिताबाट टाढिने ट्रेन्डलाई गलत साबित गर्न आग्रह गरिन् । साथै लगभग दुईवर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिईन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सह–सचिब केशब भट्टराई लगायत दुलहीका आफन्तजनहरुको उपस्थिति रहेको थियो ।

झापाका महिला सञ्चारकर्मी सम्वद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...