इन्द्रजित मुखिया सहारा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

 लिम्बुवान न्युज
                       

झापा । झापाका उर्जाशिल एवं सक्रिय संचारकर्मी पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्थाद्वारा स्थापना गरिएको सहारा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हाल नेपाल टेलिभिजनका झापा संवाददाता रहेका मुखियालाई यसवर्षको उक्त पुरस्कार प्रदान गरिएको हो । उनी बिर्तामोडबाट संचालनमा रहेकोे आँगन एफएमका प्रबन्ध निर्देशक समेत हुन् ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४औं वार्षिक साधारणसभाको अवसरमा मुखियालाई २५ हजार नगद राशिको उक्त पुरस्कार प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेशका नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले नगदसहित सम्मान व्यक्त गरेका हुन् ।

झापामा अढाई दशकअघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका मुखियाले पाएको पुरस्कारको रकममध्ये ५ हजार पाँचसय पच्पन्न रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारको कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यसअघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको संस्थाबाट प्राप्त पहिलो पुरस्कारले थप जिम्मेवार र लगनशिल भएर काम गर्ने उत्प्रेरणा मिलेको बताएका छन् । उनी झापाको पत्रकारिताको इतिहासमा एक सफल, इमानदार र लगनशिलता भएका पत्रकारको रुपमा चिनिन्छन् ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला लगायतले मन्तव्य राखेका थिए । सहकारीको बार्षिक नीति तथा कार्यक्रम संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमारले प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...