इन्द्रजित मुखिया सहारा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

,   लिम्बुवान न्युज
                       

झापा । झापाका उर्जाशिल एवं सक्रिय संचारकर्मी पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्थाद्वारा स्थापना गरिएको सहारा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हाल नेपाल टेलिभिजनका झापा संवाददाता रहेका मुखियालाई यसवर्षको उक्त पुरस्कार प्रदान गरिएको हो । उनी बिर्तामोडबाट संचालनमा रहेकोे आँगन एफएमका प्रबन्ध निर्देशक समेत हुन् ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४औं वार्षिक साधारणसभाको अवसरमा मुखियालाई २५ हजार नगद राशिको उक्त पुरस्कार प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेशका नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले नगदसहित सम्मान व्यक्त गरेका हुन् ।

झापामा अढाई दशकअघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका मुखियाले पाएको पुरस्कारको रकममध्ये ५ हजार पाँचसय पच्पन्न रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारको कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यसअघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको संस्थाबाट प्राप्त पहिलो पुरस्कारले थप जिम्मेवार र लगनशिल भएर काम गर्ने उत्प्रेरणा मिलेको बताएका छन् । उनी झापाको पत्रकारिताको इतिहासमा एक सफल, इमानदार र लगनशिलता भएका पत्रकारको रुपमा चिनिन्छन् ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला लगायतले मन्तव्य राखेका थिए । सहकारीको बार्षिक नीति तथा कार्यक्रम संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमारले प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;