दक्षिण कोरियाको जेजुदोमा लिम्बुवान क्षेत्रीय समिति गठन

,   लिम्बुवान न्युज
                       

दक्षिण कोरिया। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरिया अन्र्तगत जेजुदो क्षेत्रीय समिति गठन भएको छ ।

प्रवास समिति दक्षिण कोरियाका महासचिव खड्ग सेर्माले मञ्चको १६औं स्थापना दिवस कार्यक्रमसँगै जेजङदो क्षेत्रीय समिति गठन गरिएको जनाएका छन् ।

आइतबार भर्चुअल जूम कार्यक्रम अन्तर्गत संचालित १६औं स्थापना दिवस कार्यक्रमबाट गठित समितिको अध्यक्षमा गगन याक्थुङ्वा लावती, उपाध्यक्षहरुमा आइतराज थाम्सुहाङ्, साइलोन तुम्बापो, सचिवमा बसन्ती लावती, सहसचिवमा सुदर्शन लिम्बु, कोषाध्यक्षमा विनुका नाल्बो, सहकोषाध्यक्षमा भक्त जिमी याक्खा निर्वाचित भएका छन् भने त्यसैगरी सदस्यहरुमा जीवन कन्दङ्वा, भिम कुमार आङ्देम्बे, कञ्चन सेर्मा, सविन थोप्रा, गंगाराज वंशी र सन्तोष लिम्बु चयन भएका छन् ।

क्षेत्रीय समितिले सल्लाहकार समितिमा खड्ग सेर्मा, सुमन हाङ हेम्ब्या र रिकम इम्बुङ्लाई जिम्मेवारी दिईएको सल्लाह समिति सदस्य इम्बुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;