दक्षिण कोरियाको जेजुदोमा लिम्बुवान क्षेत्रीय समिति गठन

 लिम्बुवान न्युज
                       

दक्षिण कोरिया। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरिया अन्र्तगत जेजुदो क्षेत्रीय समिति गठन भएको छ ।

प्रवास समिति दक्षिण कोरियाका महासचिव खड्ग सेर्माले मञ्चको १६औं स्थापना दिवस कार्यक्रमसँगै जेजङदो क्षेत्रीय समिति गठन गरिएको जनाएका छन् ।

आइतबार भर्चुअल जूम कार्यक्रम अन्तर्गत संचालित १६औं स्थापना दिवस कार्यक्रमबाट गठित समितिको अध्यक्षमा गगन याक्थुङ्वा लावती, उपाध्यक्षहरुमा आइतराज थाम्सुहाङ्, साइलोन तुम्बापो, सचिवमा बसन्ती लावती, सहसचिवमा सुदर्शन लिम्बु, कोषाध्यक्षमा विनुका नाल्बो, सहकोषाध्यक्षमा भक्त जिमी याक्खा निर्वाचित भएका छन् भने त्यसैगरी सदस्यहरुमा जीवन कन्दङ्वा, भिम कुमार आङ्देम्बे, कञ्चन सेर्मा, सविन थोप्रा, गंगाराज वंशी र सन्तोष लिम्बु चयन भएका छन् ।

क्षेत्रीय समितिले सल्लाहकार समितिमा खड्ग सेर्मा, सुमन हाङ हेम्ब्या र रिकम इम्बुङ्लाई जिम्मेवारी दिईएको सल्लाह समिति सदस्य इम्बुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...