मिक्लाजुङ् आइतबारेमा नेपाली प्रहरी र शसस्त्रको अस्थायी बेसक्याम्प स्थापना

 लिम्बुवान न्युज
                       

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अस्थायी बेसक्याम्प स्थापना भएको छ ।

मिक्लाजुङ वडा १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लप समूहद्वारा हत्या भए पछि सोही वडाको आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखिएको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ जना र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली उक्त स्थानमा खटिएको छ । आपतकालिन अवस्थामा थप फोर्स समेत परिचालन गर्ने प्रदेश प्रहरीले जनाएको छ । सो बेस कयम्पका दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन समेत शुरु गरिसकेको छ ।

विप्लव समूह नेकपाका कार्यकर्ताहरुले घरैबाट शिक्षक श्रेष्ठलाई अपहरण गरी बर्वरतापूर्ण घाँटी रेट्दै गत मंगलबार बिहान विभत्स हत्या गरेका थिए । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते क्षेत्र लगायत छिमेकी जिल्ला पाँचथर, धनकुटामा पनि सर्च अप्रेशन चलाएको थियो ।

वेसमा खटिएका सुरक्षाकर्मीले सो वार्डमा निर्माण भएको गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवनमा हाल बस्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय बासिन्दा र सरोकारवाला राजनीति दल सबैले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल वा सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएका थिए । सो क्षेत्रमा सुरक्षालाई ध्यानमा राख्दै विगत देखि नै सुरक्षा क्याम्प माग गर्दै आईरहेको कुरा प्रदेश सदस्य कुशल साम्बाले समेत जनाएका छन् ।

स्थायी सुरक्षा पोष्टका लागि गृह मन्त्रालयमा समेत लिखित पत्र पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । ‘गत मंगलबार नै जिल्ला सुरक्षा समितिले एउटा बेस क्याम्प स्थापनाका लागि लेखिपठाएका छौं ।’ ‘अहिले यस्तो परिस्थितिमा थप घटना हुन नदिन संयुक्त टोली परिचालन भएको छ ।’ उनले भने ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;