माङसेबुङमा बान्तावा भाषा शिक्षक छनोट सम्पन्न

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङ्सेबुङ ६ मा बान्तावा भाषा शिक्षक प्रतिस्पर्धाबाट छनोट गरिएको छ । चिसोपानी माविमा बान्तावा भाषा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो ।

सो शिक्षक पदका लागि भएको प्रतिष्पर्दामा शान्ताकला राई शिक्षिकाको रूपमा छनौट भएको उक्त विद्यालयका शिक्षक सुदीप सिप्तुङखा राईले बताए । चार जना प्रतिस्पर्धी उम्मेदवारहरूमध्येबाट राईलाई छनोट गरिएको हो । उक्त भाषा शिक्षकको अन्य उम्मेदवारहरूमा रश्मी राई, गुञ्जकुमार राई र सविना राई रहेका थिए । वैकल्पिक शिक्षकको रूपमा गुञ्जकुमार राई छानिएका छन् ।

शिक्षक छनोट सोही विद्यालयमा कार्यरत विषय विज्ञ रिपल राईले लिखित परीक्षा लिनुभएको थियो भने अन्तरवार्ता प्रधानाध्यापक तिलविक्रम सुब्बा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्योतिकुमार राई र गाउँपालिका शिक्षा शाखा प्रमुख टंक खरेलले लिनुभएको थियो ।

छनोट हुनुभएको शिक्षकलाई प्रावि तहको तलबभत्ता गाउँपालिकाको अनुदानबाट दिइने शिक्षा शाखा प्रमुख खरेलले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;