प्रदेश नं. १ का रेलवे प्रभावितहरूकाे गुनासाे बढ्दै, प्रदेश समन्वय समिति गठन

 लिम्बुवान न्युज
                       

विर्तामाेड। स्थानीय पालिका र वडा कार्यालयले चलन चल्तीको मूल्य रेल विभागलाई पठाउन ढिला सुस्ती गरेपछी प्रदेश एक भरीका रेलवे प्रभावितहरुले खवरदारी गरेका छन् ।

प्रदेश एक स्तरीय भेलाको आयोजना गरी रेलवे प्रभावितहरुले एक महिना अगावै रेल विभागले पत्रचार गरी वडा कार्यालयहरुलाई चलनचल्तीको मूल्य पठाउन भनेपनि हाल सम्म पालिकाहरुले विभागलाई नपठाएको भन्दै उनीहरुले खवरदारी गरेका हुन् । जसको कारण मंसीरको पहिलो सातादेखिनै अघि वढाईने भनेको मुआव्जा वितरणको प्रक्रिया सुरु हुन नसकेको प्रभावितको भनाई छ ।

जनताको प्रतिनिधि भएर जनताकै समस्यामा गम्भिर नभएको भन्दै रेलवे प्रभावित समन्वय समिति विर्तामोडका अध्यक्ष डा। लक्ष्मी प्रसाद मैनालीले स्थानीय सरकारले रेल प्रभावितको मर्म वुझ्न नचाहेको आरोप लगाउनु भयो ।

रेल विभागको प्राविधिक त्रुटीका कारण प्रताडित भईरहेका रेलवे प्रभावितको समस्यामा स्थानीय सरकार अभिभावकको रुपमा उभिन्छ भन्ने लागेको थियो अध्यक्ष मैनालीले भन्नुभयो “एक महिना वितिसक्दा पनि चलनचल्तीको मूल्य यकिन नहुदा जन प्रतिनिधि माथीनै शंका वडेको छ ।”

गत जेष्ठ२४ गते मुआव्जा सम्वन्धी ३५ दिने सुचना जारी गरे पनि रेल विभागले हाल सम्म प्राविधिक समस्या, क्षेत्र निर्धारण,कित्ता नम्वर र क्षेत्रफलको समस्या समाधान गर्न नसकेको वताउदै अध्यक्ष मैनालीले रेल विभागले प्रभावितलाई ढाट्ने मात्र काम गर्ने गरेको गुनासो गर्नुभयो ।

स्थानीय पालिकाका प्रतिनिधिलाई रेल विभागले भने अनुसारको चलनचल्तीको मूल्य यथासक्य पठाईदिनुस भन्दा हामीलाई अख्तियारको डर छ भन्ने गरेको वताउदै मुआव्जा राहत समिति मोरङ्गका अध्यक्ष रमेश दाहालले जनताको समस्यामा स्थानीय पालिकाहरु गम्भिर नभएको वताउनु भयो ।

मुआव्जाको विषयमा स्थानीय पालिका गम्भिर भईदिए प्रभावितले वास्तवीक मूल्य पाउने वताउदै अध्यक्ष दाहालले विकासको नाममा जनता विस्थापीत हुने अवस्था आए चुप लागेर नवस्ने चेतावनी दिनुभयो ।

जनता विकास विरोधी नभएको वताउदै रेलवे प्रभावित इटहरीका अध्यक्ष शुसिल शाहले जनताले चलन चल्तीको मूआव्जा पाउने अवस्था नआए सडकमा उत्रन वाध्य हुने वताउनु भयो । समृद्घ नेपाल शुखी नेपाली वनाउने सरकारको लक्षमा रेलवे परियोजना महत्वपूर्ण आयाम हुने वताउदै अध्यक्ष शाहले मुआव्जाको प्रक्रिया तत्काल अघि वडाउन रेल विभागलाई सुझाव दिनुभयो ।

पछिल्लो पटक मुआव्जाको लागि चलनचल्तीको मूल्य पठाउन रेल विभागले सम्पुर्ण वडा कार्यालयलाई पत्रचार गरेको छ , तर पालिकाहरुले प्रभावितहरुसंग त्यस विषयमा छलफल समेत गरेका छैनन् । प्रभावितको जग्गा भने, कित्ता नम्वर र क्षेत्रफल यकीन नभइ गत आषढ महिना देखिनै रोक्का गरीएको छ । यी समग्र विषयमा सम्वन्धित निकाय गम्भिर नभएपछि प्रदेश एक भरीका प्रभावितहरुले मोरङ्गको लक्ष्मी मार्गमा वृहत छलफल गरी साझा समस्यामा संगठीत हुने निर्णय गरेका छन् ।

रेलवे प्रभावितहरुको उक्त भेलाले डा. लक्ष्मी मैनालीको संयोजकत्वमा ७५ सदस्यीय रेलवे प्रभावित समन्वय तथा मुआव्जा समिति प्रदेश एक गठन गरेका छन् । नवगठीत समितिको सह संयोजकमा रमेश दाहाल (मोरङ्ग) र शुशिल शाह (सुनसरी), महासचिव रंञ्जित प्रसाई९झापा०, सचिव माधव प्रसाद कोईराला (मोरङ्ग) र सह सचिवमा कृष्णदेव मेहेता (सुनसरी), चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, विश्वराज न्यौपाने, खगेन्द्र प्रसाद खनाल, योगेन्द्र प्रसाद पौडेल, डिल्ली रमण खतिवडा, खगेश्वर उप्रती, दिलीप संग्रौला र लक्ष्मी मैनाली रहनु भएको छ । समितिको अन्य सदस्यहरुमा प्रदेश एक भरीका प्रभावित वडाहरुवाट एक एक जना समावेश गरीने सो भेलाले निर्णय गरेको छ । भेलामा झापा,मोरङ्ग र सुनसरीका प्रभावित पालिकाका अध्यक्ष तथा समिति सदस्यहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित...

कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य...

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...