लिम्बु संस्कृतिमा आधारित चलचित्र “फूङ्वामा” यूट्युब च्यानलमा सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

पाँचथर। याक्थुङ फिलिम्स प्रा.लि को व्यानरमा निर्माणमा रहेको लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “फुङ्वामा” सार्वजनिक भएको छ । यस चलचित्रलाई ‘याक्थुङ फिलिम्स’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

चन्द्र माङ्मुको लेखन रहेको उक्त चलचित्रमा कलाकारहरु प्रेम सुब्बा र सोभा खजुम मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई अरुण प्रधानले संवाद, सम्पादन, निर्देशन गरेका हुन् । प्रेम पन्धाकको संगीत रहेको उक्त चलचित्रको गीतमा गायक लिलाराज जबेगु र गायिका मनु नेम्बाङले आवाज भेरेका छन् ।

यस लिम्बु संस्कृतिमा आधारित मौलिक चलचित्रलाई पाँचथरको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । चलचित्रमा टिकाहाङ जबेगु, सागर केरुङ र याम कुरुम्बाङको संयुक्त लगानी रहेको छ ।

(भिडियो तल हेर्नुहाेला)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;