लिम्बु संस्कृतिमा आधारित चलचित्र “फूङ्वामा” यूट्युब च्यानलमा सार्वजनिक (भिडियो सहित)
मङ्गलबार, ३० मंसिर, २०७७ रातीको ०९:२० बजे,
लिम्बुवान न्युज
पाँचथर। याक्थुङ फिलिम्स प्रा.लि को व्यानरमा निर्माणमा रहेको लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “फुङ्वामा” सार्वजनिक भएको छ । यस चलचित्रलाई ‘याक्थुङ फिलिम्स’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
चन्द्र माङ्मुको लेखन रहेको उक्त चलचित्रमा कलाकारहरु प्रेम सुब्बा र सोभा खजुम मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई अरुण प्रधानले संवाद, सम्पादन, निर्देशन गरेका हुन् । प्रेम पन्धाकको संगीत रहेको उक्त चलचित्रको गीतमा गायक लिलाराज जबेगु र गायिका मनु नेम्बाङले आवाज भेरेका छन् ।
यस लिम्बु संस्कृतिमा आधारित मौलिक चलचित्रलाई पाँचथरको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । चलचित्रमा टिकाहाङ जबेगु, सागर केरुङ र याम कुरुम्बाङको संयुक्त लगानी रहेको छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...