दमकमा पुगे १ हजार १४१ जना कोरोना संक्रमित

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा हालसम्म १ हजार १४१ कोरोना संक्रमित पुगेको तथ्याङ्क छ । गत बैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित हुन भने झापाका पहिलो संक्रमित हुन । उनी उपचारपछि अहिले स्वस्थ जिवन बिताइरहेका छन ।

त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठिक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

कोरोनाको यस ८ महिनाको पिरियडमा दमकका ६७९ पुरुष र ४६२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ति मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी समेत छन ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने २३ महिला सहित ५८ जना हाल उपचाररत छन । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद विरामीको कोरोना परिक्षण निशुल्क गर्दै आएको छ । साथै नगरपालिकाले दमक २ बेलडाँगीमा कोभिड अस्पताल समेत संचालनमा ल्याए पछि उपचारमा सहज भएकाे नगरपालिकाका प्रवक्ता एवं उपमेयर गीता अधिकारी बताउँछिन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...