साहित्यकार पुष्प सुब्बा थाम्सुहाङकाे स्मृति ग्रन्थ प्रकाशन हुने

 लिम्बुवान न्युज
                       

झापा। साहित्यकार पुष्प थाम्सुहाङ ‘असित’को स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा अहोरात्र खटिनुभएका थाम्सुहाङ शिक्षण पेसामा आवद्ध हुनुका साथै भाषा साहित्यमा लाग्दा धेरै समस्या भोगेका व्यक्ति हुन् ।

थाम्सुहाङका छोरा वरुमहाङ थाम्सुहाङले सामाजिक संजाल फेसबुक मार्फत स्मृतिग्रन्थको प्रकाशन समूह चलाएका छन् । यसै मार्फत रचनाको आव्हान गर्ने, सम्पादन÷प्रकाशनको तयारी गर्ने जानकारी वरुमहाङले दिएका छन् ।

को हुन् पुष्प सुब्बा थाम्सुहाङ ‘असित’ ?

वि.सं. २००५ माघ ६ गते, लुङजक्थबा याङ्नाम पाँचथरमा जन्मिएका हुन् पुष्प सुब्बा थाम्सुहाङ । उनका अदृश्य व्यथा (उपन्यास), इन्द्रकीलको एक तारा (जीवनी, २०३१), लिम्बू छन्दहरु (२०५८), इत्निमहा? (लिम्बू खण्डकाव्य, २०६०), लिम्बू भाषाः साहित्यिक श्रष्टा र दृष्टिकोण (२०६१), नाम्दुक्वामा फुङ (लिम्बू उपन्यास), घाम नलागेको बस्ती (कविता सङ्ग्रह) प्रकाशन भएका छन् । त्यसैगरी सिरिजङ्गा (२०२९), नीलिमा (२०४९) र थाङसाङ आदि साहित्यिक पत्रिकाको सम्पादनसमेत गर्नुभएको छ । थाम्सुहाङले पुरस्कारश्रष्टा पुरस्कार (इ.सं. १९९१, सिक्किम, भारत), राष्ट्रिय पुरस्कार (२०६६) तथा इमानसिंह चेम्जोङ पुरस्कार पनि प्राप्त गरेका छन् ।

किरात येले सम्बतका सम्वाहक थाम्सुहाङ

लिम्बू भाषामा सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालदेखि प्रचलनमा आएको हो । पुष्प थाम्सुहाङ ‘असित’को सम्पादन तथा प्रकाशनमा वि.सं. २०२९ (सन् १९७२) काप्मेप्पा (जेठ) महिनामा लिथो गरेर हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशनमा आएको थियो ।

उक्त पत्रिकाको वर्ष १, अंक ७, वि.सं. २०३० थेसेक्रो (कातिक) मा पहिलो चोटी ‘किराती तङ्बे (संवत) ५०७३’ उल्लेख गरेका थिए । त्यो नै किरात सम्वतको सुरुआती कदम थियो । त्यसैले उनलाई किरात येले सम्वतको शुरुवातकर्ताको रुपमा लिने गरिन्छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...