साहित्यकार पुष्प सुब्बा थाम्सुहाङकाे स्मृति ग्रन्थ प्रकाशन हुने

 लिम्बुवान न्युज
                       

झापा। साहित्यकार पुष्प थाम्सुहाङ ‘असित’को स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा अहोरात्र खटिनुभएका थाम्सुहाङ शिक्षण पेसामा आवद्ध हुनुका साथै भाषा साहित्यमा लाग्दा धेरै समस्या भोगेका व्यक्ति हुन् ।

थाम्सुहाङका छोरा वरुमहाङ थाम्सुहाङले सामाजिक संजाल फेसबुक मार्फत स्मृतिग्रन्थको प्रकाशन समूह चलाएका छन् । यसै मार्फत रचनाको आव्हान गर्ने, सम्पादन÷प्रकाशनको तयारी गर्ने जानकारी वरुमहाङले दिएका छन् ।

को हुन् पुष्प सुब्बा थाम्सुहाङ ‘असित’ ?

वि.सं. २००५ माघ ६ गते, लुङजक्थबा याङ्नाम पाँचथरमा जन्मिएका हुन् पुष्प सुब्बा थाम्सुहाङ । उनका अदृश्य व्यथा (उपन्यास), इन्द्रकीलको एक तारा (जीवनी, २०३१), लिम्बू छन्दहरु (२०५८), इत्निमहा? (लिम्बू खण्डकाव्य, २०६०), लिम्बू भाषाः साहित्यिक श्रष्टा र दृष्टिकोण (२०६१), नाम्दुक्वामा फुङ (लिम्बू उपन्यास), घाम नलागेको बस्ती (कविता सङ्ग्रह) प्रकाशन भएका छन् । त्यसैगरी सिरिजङ्गा (२०२९), नीलिमा (२०४९) र थाङसाङ आदि साहित्यिक पत्रिकाको सम्पादनसमेत गर्नुभएको छ । थाम्सुहाङले पुरस्कारश्रष्टा पुरस्कार (इ.सं. १९९१, सिक्किम, भारत), राष्ट्रिय पुरस्कार (२०६६) तथा इमानसिंह चेम्जोङ पुरस्कार पनि प्राप्त गरेका छन् ।

किरात येले सम्बतका सम्वाहक थाम्सुहाङ

लिम्बू भाषामा सर्वप्रथम ‘किरात येले तङ्बे’को प्रचलन २०२९ सालदेखि प्रचलनमा आएको हो । पुष्प थाम्सुहाङ ‘असित’को सम्पादन तथा प्रकाशनमा वि.सं. २०२९ (सन् १९७२) काप्मेप्पा (जेठ) महिनामा लिथो गरेर हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशनमा आएको थियो ।

उक्त पत्रिकाको वर्ष १, अंक ७, वि.सं. २०३० थेसेक्रो (कातिक) मा पहिलो चोटी ‘किराती तङ्बे (संवत) ५०७३’ उल्लेख गरेका थिए । त्यो नै किरात सम्वतको सुरुआती कदम थियो । त्यसैले उनलाई किरात येले सम्वतको शुरुवातकर्ताको रुपमा लिने गरिन्छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;