माेरङकाे रतुवामाई नगरमा लिम्बुवानको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङको रतुवामाई नगरको इटहरामा संघीय लिम्बुवान मञ्च, नेपालले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो ।

कोरोना संक्रमणको विच पनि सामाजिक दुरी कायम गर्दै मञ्चले अहिले झापा, मोरङ् र सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै समिति गठनहरु समेत गरिरहेको छ ।

बुधबार इटहरामा भएको भेलाले हालको स्थानीय तह समायोजन भएपछि बनेको रतुवामाई नगरको शंकर थक्लुङ्को संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सहसंयोजक डम्बर आङबुहाङ, सचिव थुम बहादुर भण्डारी, अर्थसचिव भिम लिम्बु छन् भने त्यसैगरी सदस्यहरुमा कृष्णलाल लिवाङ, काली बहादुर लिवाङ, दिनेश लिवाङ, दिपाल माखिम, शिशिर राई, रत्न बहादुर लिम्बु, सुकराज नियोङ, लिलावती पोमु, रीता सावादेन र सुर्य वनेम रहेका छन् ।

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङहाङ, सचिव राजु राई, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको लिम्बुवान भोलेन्टियर्सका कमाण्डर राजु लिम्बुले बताए ।

त्यसैगरी सोमबार मञ्चले कानेपोखरी गाउँपालिकाको हरकपुरमा समेत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...