थहरुटका नेताहरुलाई जन्मकैद तोकिएको प्रति जसपा नेता भट्टराई र मञ्चका अध्यक्ष लिङ्देनको बिरोध

,   लिम्बुवान न्युज
                       

दमक। नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरी, लक्ष्मण चौधरी लगायत १२ जनालाई उच्च अदालतले जन्मकैद फैसला गरेकोमा खेदजनक र अन्यायपूर्ण भएको भन्दै जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सामाजिक संजालबाट बिरोध जनाएका छन् ।

दिपायल उच्च अदालतले कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकै फैसला सदर गरेसँगै पुनः थरुहटमा आन्दोलन हुने संकेत गर्दै द्वय नेताहरुले राज्यको कठोर निर्णयले देशमा फेरि आन्दोलनको आधिबेहरी आउन सक्ने संकेत दिएका हुन् ।

पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद अध्यक्ष भट्टराई लेख्नुहुन्छ– सांसद रेशम चौधरी, लक्ष्मण थारू लगायतका दोषी ठहर गरिएकाहरु नेपालकै उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद भएको बताएका छन् । उनले झापा विद्रोह र जनयुद्धका नायकहरु सत्तासिन भएको बेला आदीवासी थारुहरु चाहि अपराधी हुनु विडम्बना र खेदजनक भएको भन्दै सत्तारुढ दलका नायकहरुको कटाक्ष गरेका छन् । उनले थप लेखका छन् ‘एक दिन उत्पीडित थारु जातिको पहिचान र अधिकारको लडाई लड्नेहरुको क्रान्ति अवश्य सफल हुनेछ ।’

यसै प्रसङ्गमा पहिचानवादी युवा नेता संघीय मञ्चका अध्यक्ष लिङ्देनले थरुहटका नेताहरुलाई जन्मकैद तोकिएको प्रति घोर बिरोध र भत्सना गरेका छन् । माननीय रेशम चौधरी र लक्षमण थारु लगायत अन्य थारु नेताहरुलाई पुनः जन्मकैद तोकिएकोमा एकात्मक ब्राम्हणवादी राज्यसत्ताले आदिवासीहरु माथि क्रुर, निष्ठुर र सम्बेदनहिन बनेको भन्दै देशलाई लामो द्वन्द्वमा लान सत्तारुढ नेकपा सरकारले चाहेको छ– उनले लेखका छन् ।

यद्यपी सरकारले थरुहट आन्दोलनका नेताहरुलाई विनाशर्त रिहाइ नगरिए सम्पूर्ण आदिवासी, जनजाति, दलित, खस, मधेशी, मुश्लिम लगायतका समुदायहरु एकजुट भई आन्दोलनको आधीबेहरी ल्याउन सक्ने समेत सरकारलाई चेतावनी दिएका छन् ।

टीकापुरको थरुहट आन्दोलनका क्रममा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले मुद्दा दिएका थिए । रेशम चौधरी प्रतिनिधिसभा चुनावमा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए । उनले सार्वजनिक भए पनि जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते रेशमलाल चौधरी, नेता लक्ष्मण चौधरी सहितका १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने पक्राउ परेका लक्ष्मण चौधरी सहित अन्य तीन वर्षसम्मको कैद सजाय फैसला भएकाले तत्कालै छुटेका थिए ।

लक्ष्मण चौधरी, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु (चौधरी), विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो । तर उच्च अदालतले लक्ष्मण चौधरीलाई समेत जन्मकैदको फैसला सुनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;