मेरो मृत्यु उपहार दिन्छु

 लिम्बुवान न्युज
                       

  • कविताः रचना लावती (कुसाङ)

म यो चाहान्न
स्वतन्ता र इज्जतको कुरा गरेर
आफ्नै मुटुमा छुरा हान्नेहरु हो
तल्लो र माथिल्लाे जात भन्दै
जातको निर्धारण गर्नेहरु हो
म यो युगको यस्तो मान्छे हुँ
तर थाहा छैन दुनियाँलाई
बुझ पचाइ रहेछ
तिमीहरु तेही नाममा
नजानीन्दो गरी भत्काइ रहन्छौ ।

म ब्राम्हाणको चुलामा र
मन्दिरमा छिर्न नपाउने ?
मैले छोएको नखाने ?
मेरो घर भित्र दास, विक,
सार्की छिर्न नपाउने ?
बा आमा उनिहरुले
छोएको नखाने ?
वारीपारी बसेर अनि
आर्थिक कारोबार गर्ने
म सधै निस्तब्ध भएर
कलम चलाए
फलाम आफै पिट्नहोस्
लुगा आफै सिलाउनुस्
जुत्ता जप्पल आफै सिलाउनुहोस्
पैसा आफै छाप्नुहोस्
जुनसुकै यात्रामा भान्से
आफै बन्नुहोस्
प्रयोग गर्नुहोस्
जसले यो वाङमय
नियम पालना गर्छ ।

म यो सयौं शोषण दमनको
बिम्नद्रमा हजारौं हजार
कविता, गीत, कथा लेख्छु ।
समाज देशलाई चुनौती दिन्छु
शिक्षित हुन परिवर्तनको
राको झोस्छु ।

दश बर्षे जनयुद्धले अन्त्य
भएको यो जातीय विभेद भन्ने
बाबुराम र प्रचण्ड र
देशको शिरमा बस्ने
सम्माननीय ओलीलाई
खबरदारी गर्छु ।

ए महासयहरु हो
यो धर्म जाती विभेद गर्नेलाई
बलत्कारी चोरी हत्याराहरुलाई
फासी दिने कानुन बनाउ
र लागु गरेर देखाऊ
त्यो दिन म
मेरो मृत्यु उपहार दिन्छु ।

पान्थर, (हालः झापा, दमक)

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...