शिवसताक्षी १० मा लिम्बुवान मञ्च र महिला मञ्च गठन

,   लिम्बुवान न्युज
                       

दमक। झापाको शिवसताक्षी नगरपालिका १० मा संघीय लिम्बुवान मञ्च, नेपाल र जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्चको एकै साथ नयाँ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख उपस्थितिमा समिति गठन भएको हो ।

संघीय मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणालाई शिरोधार्य गर्दै मञ्चले घरदैलो कार्यक्रम अन्तर्गत सिसिओ अभियान अहिले झापा, मोरङ् र सुनसरीमा गरिरहेको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताएका छन् । कोरोना पछि मञ्च सुस्ताएको धेरैलाई भ्रम छर्दै ठूला दलहरुले साना दलहरुमाथि हस्तक्षेप गरिरहँदा मञ्च भने निरन्तर जनताको घरदैलोमा पुगिरहेको उनले बताए ।

शिवसताक्षी वडा नं. १० मा राम बहादुर थपलियाको अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको १७ सदस्यीय वार्ड कार्य समिति गठन भएको छ । ब,उपाध्यक्ष सन्तोश सिगि, उपाध्यक्षहरुमा सुर्य लिङ्देन, राज कुमार सिगु, सचिव सुस्मिता इङ्नाम, सह–सचिव राजेश योङ्हाङ, अर्थ सचिव लक्ष्मी योङ्हाङ, सदस्यहरुमा चन्द्र कुमारी बि,क, देबि परियार, सुनिल देव ऋषिदेव, लोक राज ऋषिदेव, अबि चन्द्र बिक, दधिराम बि,क, हर्क प्र,आङ्बो लिम्बू, सन्जु लिम्बू र सबिर बि,क, रहेका छन् ।

यसरी नै उक्त वार्डमा संघीय लिम्बुवान महिला मन्च समेत गठन भएको छ । देबि माया नेपालीको अध्यक्षतामा १६ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष चन्द्रकला लिम्बु, सचिव शोभा परियार, सहसचिव सोम माया लिम्बू, अर्थ सचिव सारदा दर्जी, सदस्यहरुमा क्रमशः माया लिम्बु, मन्जु लिम्बु, सरिता बिक, राज कुमारी लिम्बू, शान्ता लिम्बू, जानुका लिम्बू, कविता लिम्बू, राज कुमारी मेयाङ्बो, हरीकला लिम्बू, हरी माया मेयाङ्बो र पबित्रा सिगु लिम्बू रहेका छन् ।

उक्त समिति गठन कार्यक्रममा मञ्चका उपाध्यक्ष सँगै केन्द्रीय सचिवालय सदस्य भिम सुनुवार, के,स, राम प्रसाद थपलिया, संघीय दलित सिल्पी मन्चका जि,अ, गनेश भित्रीकोटी, एलभी सिनियर कमाण्डर सुमन सम्बाहाङ्फे, फिल्ड उ,का, सुमित चेम्जुङ लगायत नेताहरुको उपस्थिति रहेको लिम्बुवान मञ्चका नगर संयोजक प्रकाश लिङ्देनले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;