शिवसताक्षी १० मा लिम्बुवान मञ्च र महिला मञ्च गठन

 लिम्बुवान न्युज
                       

दमक। झापाको शिवसताक्षी नगरपालिका १० मा संघीय लिम्बुवान मञ्च, नेपाल र जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्चको एकै साथ नयाँ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख उपस्थितिमा समिति गठन भएको हो ।

संघीय मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणालाई शिरोधार्य गर्दै मञ्चले घरदैलो कार्यक्रम अन्तर्गत सिसिओ अभियान अहिले झापा, मोरङ् र सुनसरीमा गरिरहेको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताएका छन् । कोरोना पछि मञ्च सुस्ताएको धेरैलाई भ्रम छर्दै ठूला दलहरुले साना दलहरुमाथि हस्तक्षेप गरिरहँदा मञ्च भने निरन्तर जनताको घरदैलोमा पुगिरहेको उनले बताए ।

शिवसताक्षी वडा नं. १० मा राम बहादुर थपलियाको अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको १७ सदस्यीय वार्ड कार्य समिति गठन भएको छ । ब,उपाध्यक्ष सन्तोश सिगि, उपाध्यक्षहरुमा सुर्य लिङ्देन, राज कुमार सिगु, सचिव सुस्मिता इङ्नाम, सह–सचिव राजेश योङ्हाङ, अर्थ सचिव लक्ष्मी योङ्हाङ, सदस्यहरुमा चन्द्र कुमारी बि,क, देबि परियार, सुनिल देव ऋषिदेव, लोक राज ऋषिदेव, अबि चन्द्र बिक, दधिराम बि,क, हर्क प्र,आङ्बो लिम्बू, सन्जु लिम्बू र सबिर बि,क, रहेका छन् ।

यसरी नै उक्त वार्डमा संघीय लिम्बुवान महिला मन्च समेत गठन भएको छ । देबि माया नेपालीको अध्यक्षतामा १६ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष चन्द्रकला लिम्बु, सचिव शोभा परियार, सहसचिव सोम माया लिम्बू, अर्थ सचिव सारदा दर्जी, सदस्यहरुमा क्रमशः माया लिम्बु, मन्जु लिम्बु, सरिता बिक, राज कुमारी लिम्बू, शान्ता लिम्बू, जानुका लिम्बू, कविता लिम्बू, राज कुमारी मेयाङ्बो, हरीकला लिम्बू, हरी माया मेयाङ्बो र पबित्रा सिगु लिम्बू रहेका छन् ।

उक्त समिति गठन कार्यक्रममा मञ्चका उपाध्यक्ष सँगै केन्द्रीय सचिवालय सदस्य भिम सुनुवार, के,स, राम प्रसाद थपलिया, संघीय दलित सिल्पी मन्चका जि,अ, गनेश भित्रीकोटी, एलभी सिनियर कमाण्डर सुमन सम्बाहाङ्फे, फिल्ड उ,का, सुमित चेम्जुङ लगायत नेताहरुको उपस्थिति रहेको लिम्बुवान मञ्चका नगर संयोजक प्रकाश लिङ्देनले जनाएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...