काठमाडौं।सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र संगीतमा तयार भएको हो ।
‘हाक्पारे ख्याली, च्याब्रुङको धुन, गम्कन्छ गाउँघरमा, असाध्यै राम्रो सोल्टिनी देखेँ, सिरिजङ्गा गाउँमा’ भाव आउने गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका हुन् । भिडियोमा गाउँघरको विम्ब उतारिएको छ भने बिउभाले पालेर आफ्नो खाजाखाने मेलोको प्रसँग गज्जबले प्रस्तुति गरिएको छ ।
भिडियोमा कुशल थलङ स्वयमको अभिनय देख्न सकिन्छ साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू र निश्चल कुलुङले अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् । त्यसैगरी उक्त गीतलाई भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
पूर्व कै चर्चित छायाँकार एवं कोरियोग्राफर भुपेन्द्र तुम्बाहाम्फेलाई आफ्नै गाउँघर मोरङ्को मिक्लाजुङ्का विभिन्न दृश्यहरुलाई कलात्मक शैलीमा छायाँकन गरी भिडियोलाई हेरौ हेरौं लाग्ने बनाएका छन् । त्यसैगरी भिडियोलाई चर्चित कोरियोग्राफर दिनेश माङ्मूले निर्देशन गरेका छन् । सोम मगरातीको श्रृङ्गार, अनिल रानाको सम्पादन, साथै तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको भिडियो निर्माण गरेका हुन् ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...