
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो राष्ट्रिय दल जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुईलका नेताहरुको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेको हो ।
गत बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गर्दै जसपा लगायतका साना दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको यस्तो प्रस्तावलाई स्वीकार गर्दै शनिबार छलफल भएको हो । सो भेलमा कांग्रेसबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भएका थिए ।
अहिलेलाई संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् । हामी बिच ‘कतिपय मुद्दामा मत फरक–फरक होला, तर समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा हामी सहमत भएका छौं’ कांग्रेस नेता डा. रिजालले भनेका छन् ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...