कांग्रेस र जसपा बैंठकः तत्काल संसद अभिवेशन बोलाउन माग

,   लिम्बुवान न्युज
                       

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो राष्ट्रिय दल जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुईलका नेताहरुको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेको हो ।
गत बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गर्दै जसपा लगायतका साना दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको यस्तो प्रस्तावलाई स्वीकार गर्दै शनिबार छलफल भएको हो । सो भेलमा कांग्रेसबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भएका थिए ।

अहिलेलाई संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् । हामी बिच ‘कतिपय मुद्दामा मत फरक–फरक होला, तर समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा हामी सहमत भएका छौं’ कांग्रेस नेता डा. रिजालले भनेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;