इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

आब ०७६/०७७ को बार्षिक आयव्यय ३ लाख ३ हजार ४ सय ५३ प्रस्तुत गरिएको थियो । २१४ जना सेयर सदस्य रहेको यस सहकारीमा २ लाख २५ हजार सेयर पुजी रहेको छ । साधारणसभाको उद्घाटन सभामा सहकारी संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रतिवेदनमा संस्थाको आगामी रणनीति तथा कार्यक्रम समेटिएको छ । फेदाप ५ का वडासदस्य श्री चइन्ध्वज फोम्बोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको विशेष अतिथि वडामहिला सदस्य पदम कुमारी चोङबाङ् रहनुभएको थियो । साधारणसभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि फोम्बोले गाउँको व्यावसायिक क्षेत्रमा सहकारीले खेलेको भुमिका प्रति प्रसङ्ग गर्नुभएको थियो । फोम्बोले यस सहकारीको बिकास र उन्नतिका लागी स्थानीय सरकार लागी पर्ने र सदैब सहयोग गर्ने बिचार व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बिशेष अतिथि पदमकुमारी चोङबाङ, समाजसेवी तिलबिक्रम चोङबाङ र नरपती चोङबाङ लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
साधारणसभाको उपलक्ष्यमा यस संस्थाका सेयर सदस्य तथा निर्वाचित वडा महिला सदस्य पदमकुमारी चोङबाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लक्षमण चोङबाङले राखेका थिए साथै कार्यक्रम संचालन सञ्जय चोङबाङले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...