इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

आब ०७६/०७७ को बार्षिक आयव्यय ३ लाख ३ हजार ४ सय ५३ प्रस्तुत गरिएको थियो । २१४ जना सेयर सदस्य रहेको यस सहकारीमा २ लाख २५ हजार सेयर पुजी रहेको छ । साधारणसभाको उद्घाटन सभामा सहकारी संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रतिवेदनमा संस्थाको आगामी रणनीति तथा कार्यक्रम समेटिएको छ । फेदाप ५ का वडासदस्य श्री चइन्ध्वज फोम्बोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको विशेष अतिथि वडामहिला सदस्य पदम कुमारी चोङबाङ् रहनुभएको थियो । साधारणसभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि फोम्बोले गाउँको व्यावसायिक क्षेत्रमा सहकारीले खेलेको भुमिका प्रति प्रसङ्ग गर्नुभएको थियो । फोम्बोले यस सहकारीको बिकास र उन्नतिका लागी स्थानीय सरकार लागी पर्ने र सदैब सहयोग गर्ने बिचार व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बिशेष अतिथि पदमकुमारी चोङबाङ, समाजसेवी तिलबिक्रम चोङबाङ र नरपती चोङबाङ लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
साधारणसभाको उपलक्ष्यमा यस संस्थाका सेयर सदस्य तथा निर्वाचित वडा महिला सदस्य पदमकुमारी चोङबाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लक्षमण चोङबाङले राखेका थिए साथै कार्यक्रम संचालन सञ्जय चोङबाङले गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;