शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
पार्कको विधिवत उदघाटन भने गर्न केही दिन लाग्ने सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको अत्याधुनिक पार्क २ विगाह क्षेत्रफलमा फैलिएको छ । वाटर पार्क बनाउन करिब २ वर्ष लागेको सञ्चालक संग्रौलाले बताए ।

पार्क परिवार मैत्री भएको हुँदा बालबच्चासहित सबै उमेर समूहका मानिसहरु रमाउन सकिने गरि मनोरञ्जनका संरचनाहरु निर्माण गरिएका छन् ।
‘देशमा कोरोना संक्रमणले गरिएको लकडाउन नभईदिएको भए त १५ महिना अगावै निर्माण सक्ने योजना थियो,’ सञ्चालक संग्रौलाले भने ।

पार्कभित्र होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि सञ्चालनको तयारीमा छन् । पार्कमा आउने पर्यटकका लागि आवश्यक पर्ने यी सुविधा यसै साता देखिनै पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भएको संग्रौलाले बताए ।

पार्कमा जिप लाईनका दुई आईटम सिङगल र सुपरमेन सुरु भएका छन् । यो खेल साहसिक खेल हो । जमिनबाट ५८ फिटको उचाईमा रहेको १५८ मिटर दुरीको जिपलाईन सञ्चालन भइरहेको छ । उद्धघाटन पूर्व पार्कले निर्धारण गरेको मूल्यमा छुट दिएर जिप लाईन सञ्चालन भईरहेको उनले बताएका छन् ।

माघपछि पार्क भित्र पानीको सहायतामा खेलिने १३ प्रकारका खेल सुरु हुने संचालक संग्रौलाले बताए । झापाका १५ स्थानीय तह मध्ये शिवसताक्षी नगरपालिका धार्मिक, सांस्कृतिक दृष्ट्रिकोणले समेत महत्वपूर्ण नगर भएको हुँदा पौराणिक कथासँग जोडिएका यहाँका सताक्षीधाम, चिल्लागढ, कन्काई नदी र दोमुखा पर्यटकीय क्षेत्र मानिन्छन् । बर्षेनी लाखौं आन्तरिक एवं बाह्य पर्यटकहरु यहाँ आउने गर्छन् ।
अब नगर भित्र अर्को अत्याधुनिक प्रकृतिको पार्क निर्माण भएपछि सबै उमेर समूहका मानिसले थप मनोरञ्जन लिन सक्ने शिवसताक्षी नगरका उद्योग बाणिज्य संघका कोषाध्यक्ष कृष्ण खरेलले वताए ।

उक्त वाटर पार्क खुल्ला हुन थालेपछि यहाँ आएर फोटो खिच्ने, जिपलाईनको मज्जा लिनेको संख्या दिनानु दिन बढ्न थालेको छ ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...