सर्वोच्च बारमा लोकतान्त्रिक समुहको वर्चश्व

 लिम्बुवान न्युज
                       

काठमाडौं। सत्तारुढ दल भित्र भईरहेको विवादले हरेक क्षेत्रमा हारको संकेत दिन थालेको राजनीति वित्तमा बहस शुरु भएको छ । यसैको परिणाम शनिबार सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ ।

सर्वोच्च बारमा शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये महत्वपूर्ण पदसँगै दुई तिहाई पदहरुमा विजय प्राप्त गरेको हो ।

लोकतान्त्रिक समहुबाट पदाधिकारीमा अध्यक्ष शाक्य सहित सचिव ऋषिराम घिमिरे र कोषाध्यक्षमा बिनोद कार्कीले विजयी भएका छन् । उपाध्यक्षमा प्रगतिशिल समुहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा शर्भिला श्रेष्ठले जितेका छन् भने महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएकी छन् । सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचित अध्यक्ष शाक्य नेपाल ल क्याम्पसमा प्राध्यापन समेत गर्छन ।

सर्वोच्च बारमा हालल ६०५ मतदाता रहेको छ । जसमध्ये ५५५ मत खसेको थियो । अधिवक्ता बासुदेव शर्माका अनुसार ६०५ मतदाता मध्ये करिव एक सय मतदाता तटस्थ थिए । तटस्थहरुको मत शाक्य पक्षधरले बढी तानेपछि उनको समुह निर्वाचित भएको हो ।

सर्वोच्च बारको कार्य समिति १५ सदस्यीय छ । नेपाल बार एशोसिएसन देशभरीका अधिवक्ताहरुको संस्था हो भने सर्वोच्च अदालतबार सर्वोच्च अदालतभित्र रहेका अधिवक्ताहरुको समुहको हो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...